परमेश्वरको अपरिवर्तनीय चरित्रमा भरोसा राख्नुहोस्

Jun 23, 2024

‘जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु ।’ —भजन ५६:३

यदि तपाईं लामो समयसम्म बाँच्नुभयो भने, तपाईंले जीवनमा खराब समाचारहरू सुन्नुपर्नेछ । यो कुनै प्रियजन, तपाईंको स्वास्थ्य, तपाईंको आम्दानी, तपाईंको वैवाहिक जीवन, तपाईंको प्रतिष्ठा आदि गुमाउने काम हुन सक्छ । भजनकारले लेखेका छन्, ‘जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु ।’ जब खराब समय आउँछ, तपाईंले परमेश्वर को हुनुहुन्छ भन्नेबारे जान्नुभएका सबै कुरालाई बलियो गरी पक्रिराख्नुपर्छ । तपाईंले आफैलाई सम्झाउनु पर्छ कि उहाँ प्रेमिलो, वास्ता गर्ने, र तपाईंको पूर्ण भरोसाको योग्य हुनुहुन्छ । कहिलेकहीँ परमेश्वरले तपाईंलाई जवाफ दिनुहुनेछ भने कहिलेकहीँ उहाँले तपाईंलाई आफ्नो उपस्थितिको निश्चयता दिनुहुनेछ । परिवर्तनशील समयमा, तपाईंले परमेश्वरको अपरिवर्तनीय चरित्रलाई पक्रनु पर्दछ । भजनले भन्छ, ‘जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु ।’ के यसको मतलब आफ्नो भावना र संवेगहरूलाई इन्कार गर्नु हो ? होइन । दाऊदले भनेका छन्, ‘उहाँको समक्ष म आफ्नो उजूर टक्रयाउँछु, उहाँमा नै म आफ्नो दुःख पोखाउँछु’ (भजन १४२:२) । परमेश्वरले तपाईंलाई पीडा, हानि र तपाईंको परिस्थितिको वास्तविकतालाई अस्वीकार गर्न भनिरहनुभएको छैन । येशूले पनि ‘बडो क्रन्दन र आँसुसहित’ (हिब्रू ५:७) प्रार्थना गर्नुभयो । यदि तपाईंले आफ्नो ह्दय परमेश्वरको अगाडि पोखाउनुभएन भने, तपाईं उहाँप्रति आफ्नो ह्दयलाई कठोर बनाउने जोखिममा हुनुहुन्छ । सन्त अगस्टिनले भनेका छन्, ‘तिनीहरू यति धेरै गहिराइमा डुबेका छन् कि तिनीहरू गहिराइबाट समेत रुँदैनन् ।’ जब असहाय अवस्थामा पुग्नुहुन्छ र परमेश्वरतर्फ फर्कनुहुन्छ तब तपाईंले उहाँ त्यहीँ हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउनु हुनेछ । भित्रैसम्म हल्लाएपछि मात्रै तपाईंले परमेश्वरमा एक अटल विश्वास विकास गर्नुहुन्छ । जब त्यसो हुन्छ, तपाईं उहाँको वचनमा खडा हुन सक्नुहुन्छ जसले भन्दछ, ‘म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु,’ (उत्पत्ति २८:१५) ।तपाईंले परमेश्वरको अपरिवर्तनीय चरित्रमा भरोसा राख्न सक्नुहुन्छ ।

आत्मिक भोजनः मत्ती ५:५ गन्ती१२:१–१५ भजन ३७:१–११ फिलिप्पी २:५–११

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...