‘जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु ।’ —भजन ५६:३
यदि तपाईं लामो समयसम्म बाँच्नुभयो भने, तपाईंले जीवनमा खराब समाचारहरू सुन्नुपर्नेछ । यो कुनै प्रियजन, तपाईंको स्वास्थ्य, तपाईंको आम्दानी, तपाईंको वैवाहिक जीवन, तपाईंको प्रतिष्ठा आदि गुमाउने काम हुन सक्छ । भजनकारले लेखेका छन्, ‘जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु ।’ जब खराब समय आउँछ, तपाईंले परमेश्वर को हुनुहुन्छ भन्नेबारे जान्नुभएका सबै कुरालाई बलियो गरी पक्रिराख्नुपर्छ । तपाईंले आफैलाई सम्झाउनु पर्छ कि उहाँ प्रेमिलो, वास्ता गर्ने, र तपाईंको पूर्ण भरोसाको योग्य हुनुहुन्छ । कहिलेकहीँ परमेश्वरले तपाईंलाई जवाफ दिनुहुनेछ भने कहिलेकहीँ उहाँले तपाईंलाई आफ्नो उपस्थितिको निश्चयता दिनुहुनेछ । परिवर्तनशील समयमा, तपाईंले परमेश्वरको अपरिवर्तनीय चरित्रलाई पक्रनु पर्दछ । भजनले भन्छ, ‘जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु ।’ के यसको मतलब आफ्नो भावना र संवेगहरूलाई इन्कार गर्नु हो ? होइन । दाऊदले भनेका छन्, ‘उहाँको समक्ष म आफ्नो उजूर टक्रयाउँछु, उहाँमा नै म आफ्नो दुःख पोखाउँछु’ (भजन १४२:२) । परमेश्वरले तपाईंलाई पीडा, हानि र तपाईंको परिस्थितिको वास्तविकतालाई अस्वीकार गर्न भनिरहनुभएको छैन । येशूले पनि ‘बडो क्रन्दन र आँसुसहित’ (हिब्रू ५:७) प्रार्थना गर्नुभयो । यदि तपाईंले आफ्नो ह्दय परमेश्वरको अगाडि पोखाउनुभएन भने, तपाईं उहाँप्रति आफ्नो ह्दयलाई कठोर बनाउने जोखिममा हुनुहुन्छ । सन्त अगस्टिनले भनेका छन्, ‘तिनीहरू यति धेरै गहिराइमा डुबेका छन् कि तिनीहरू गहिराइबाट समेत रुँदैनन् ।’ जब असहाय अवस्थामा पुग्नुहुन्छ र परमेश्वरतर्फ फर्कनुहुन्छ तब तपाईंले उहाँ त्यहीँ हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउनु हुनेछ । भित्रैसम्म हल्लाएपछि मात्रै तपाईंले परमेश्वरमा एक अटल विश्वास विकास गर्नुहुन्छ । जब त्यसो हुन्छ, तपाईं उहाँको वचनमा खडा हुन सक्नुहुन्छ जसले भन्दछ, ‘म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु,’ (उत्पत्ति २८:१५) ।तपाईंले परमेश्वरको अपरिवर्तनीय चरित्रमा भरोसा राख्न सक्नुहुन्छ ।
आत्मिक भोजनः मत्ती ५:५ गन्ती१२:१–१५ भजन ३७:१–११ फिलिप्पी २:५–११
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




