परमेश्वरको आवाज सुन्नुहोस्

Jan 30, 2024

जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले…के भन्नुहुन्छ। ।’ —प्रकाश २:११

तपाईंले धर्मशास्त्रको एउटै खण्डलाई विभिन्न अवसरहरूमा पढ्नुहुँदा यसले तपाईंसँग पूर्णरूपमा फरक तरिकाले बोल्नेछ । ग्रीक दार्शनिक हेराक्लिटसलाई यसो भन्ने श्रेय दिइएको छ, ‘तपाईंले उही नदीमा दुई पटक कहिल्यै पाइला टेक्नुहुन्न ।’ अनि तपाईंले बाइबलको उही पदलाई दोस्रो पटक कहिल्यै पढ्नुहुन्न । यसका लेखक स्वर्गका परमेश्वर हुनुहुन्छ भन्ने कुराको त्यो प्रमाण हो । अनि उहाँको प्रकाश तपाईंको परिस्थिति, तपाईंको इच्छा, तपाईंको डर, तपाईंको विगत, तपाईंको व्यक्तित्व, र तपाईंको नियतिबारे उहाँको गहिरो र असीमित ज्ञानमा आधारित छ । तर तपाईंले उहाँको कुरा सुन्न र आफ्नो संवेदनशीलता जागृत राख्न समय दिनुपर्छ । ओपेरा गायकहरूसँग काम गर्न लिइएका एक संगीत प्रशिक्षकको बारेमा यस्तो कथा छ । ती गायकहरूले आफ्नो स्वरको दायरा भित्रै परे तापनि कतिपय नोटहरू गाउन सकेनन् । संगीतको क्षेत्रमा त्यो एक रहस्य थियो । ती प्रशिक्षकले उनीहरूको स्वर नलीहरूको व्यापक परीक्षण गरे तर तिनीहरूले ती नोटहरू गाउन नसक्ने कुनै कारण फेला पार्न सकेनन् । त्यसपछि उनले केही विचार गरेर तिनीहरूको श्रवणशक्ति परीक्षण गरे । अनि उनले पत्ता लगाए कि ती ओपेरा गायकहरूले सुन्न नसक्ने नोटहरू गाउन सक्दैनथे । अर्थात् समस्या गाउने कुरामा थिएन, तर समस्या त सुन्ने कुरामा थियो । ‘जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले…के भन्नुहुन्छ ।’ जबसम्म तपाईंले परमेश्वरको आवाज सुन्नुहुन्न, तबसम्म तपाईंले उहाँको गीत गाउन सक्नुहुने छैन । किन ? किनभने तपाईंले धुन पक्रनुभएको छैन, तपाईं बेसुर हुनुहुन्छ । यसरी हामी पापपूर्ण जीवनशैली र नकारात्मक चक्र र विनाशकारी आदतमा फसेका छौँ । तर जब तपाईंले बाइबल खोलेर परमेश्वरको आवाज साँच्चै सुन्नुहुन्छ– उहाँको प्रेमिलो आवाज, उहाँको ढाडस दिने आवाज, उहाँको अनुग्रही आवाज, उहाँको विश्वास दिलाउने आवाज, उहाँको आधिकारिक आवाज, उहाँको शक्तिशाली आवाज– तब तपाईंको जीवन पवित्र आत्मासँग मेल खान थाल्छ ।यसकारण परमेश्वरको योजनाअनुसार चल्नका लागि हामीले पहिले उहाँको आवाज सुन्नुपर्छ ।

आत्मिक भोजनः गन्ती ७ मत्ती १०:१–१० भजन १०७:१–९ हितोपदेश ३:१३–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...