परमेश्वरको इच्छा पालन गर्नु

Oct 20, 2024

‘हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु ।’ —भजन ४०:८

परमेश्वरको इच्छा पालन गर्नु कठिन हुन सक्छ, तर यसले सधैं सन्तुष्टि र इनामको भावना ल्याउँछ । दाऊदले आफ्नो परिवारबाट क्रोध, आफ्नो मालिकबाट धोका र आफ्नासाथीहरूबाट इन्कारको अनुभव गरे । तापनि उनले यसो भन्न सके, ‘हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो ह्दयभित्र छ ।’ तपाईंलाई परमेश्वरले दिनुभएको भविष्य पूरा गर्न, तपाईं जोशिलो हुनु आवश्यक छ । जोशले तपाईंलाई प्रत्येक पटक फाइदा दिन्छ । रुची मात्रै भएका ९९ जनाभन्दा जोश भएको एक व्यक्ति बढी प्रभावकारी हुन्छ । जोशले तपाईंलाई ऊर्जा दिन्छ अनि अरूले छोड्दा पनि जारी राख्न तपाईंलाई सक्षम बनाउँछ । वास्तवमा, जब तपाईंले छोड्न चाहनुहुन्छ त्यो समयमा पनि यसले तपाईंलाई जारी राख्न लगाउँछ ¤ परमेश्वरले तपाईंलाई उहाँको इच्छाको लागि जोश दिनुहुने मात्र होइन, तर तपाईंले आफूसँग छ भनी थाहाा नभएका क्षमताहरू पनि पत्ता लगाउनुहुनेछ । तिनीहरू अविकसित हुन सक्छन्, तर तिनीहरू त्यहाँ उपयोग गरिन पर्खिरहेका छन् । हामीमध्ये कतिपयमा अन्तर्निहित क्षमताहरू छन्, अनि हामी को हौं र के हामीले के गर्नुपर्छ हामी जान्दछौं । अरू कतिपयले चाहिँ यी कुरा पत्ता लगाउन कडा मेहनत गर्नुपर्छ । तपाईंको लक्ष्य तपाईंको जीवनको सकेसम्म थोरै मात्रै खेर फाल्ने हुनुपर्छ । कुनै उपलब्धि प्राप्त गर्न तपाईंलाई प्रेरणा दिने परमेश्वरबाटको सपना अनि तपाईं को हुनुहुन्छ र तपाईंलाई के गर्न बोलाइएको छ भन्ने कुरासँग कुनै सम्बन्ध नभएको र यत्तिकै सृजिइएको अवधारणाका बिचमा ठूलो भिन्नता हुन्छ । जसरी अग्रपंक्तिको सिपाही सैन्य मुख्यालयसँग सम्पर्कमा रहनुपर्छ, त्यसरी नै तपाईंले दैनिक प्रार्थना गर्नुपर्छ र परमेश्वरको वचनमा खोज्नुपर्छ । जब तपाईंलाई थाहा हुन्छ कि परमेश्वरले तपाईंलाई जे काम गर्नको लागि बोलाउनुभएको छ तपाईंले त्यही गरिरहनुभएको छ, तब तपाईंले दुःखको बिचमा आनन्द, द्वन्द्वको बिचमा शान्ति, र तपाईंको वरपरका सबै थोक बिग्रँदा समेत साहस अनुभव गर्नुहुन्छ । यसकारण, तपाईंले परमेश्वरको इच्छा पूरा गरिरहनुभएको छ भन्ने जान्नुभन्दा महत्त्वपूर्ण कुरा केही पनि छैन ।

आत्मिक भोजनः प्रेरित १३:२१–२२ १ शमूएल १६ १ शमूएल १७:३२–५१ १ शमूएल २४:१–१७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...