‘प्रभु, तपाईं को हुनुहुन्छ ?’ —प्रेरित ९:६
परमेश्वरको इच्छा पूरा गर्न के चाहिन्छपावलको जीवन सधैंको लागि परिवर्तन भयो जब उनले यो प्रश्न गरे, ‘प्रभु, तपाईं म के गरून् भन्ने चाहनुहुन्छ?’ ध्यान दिनुहोस् कि परमेश्वरले कसरी उहाँको प्रश्नको जवाफ दिनुभयोः ‘उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।’ (पद ६) । परमेश्वरको इच्छा कदम कदम गरेर मात्रै थाहा पाउन सकिन्छ । पहिलो कदम चेतना हो । तपाईं गलत दिशामा जाँदै हुनुहुन्छ भने कुरा यदि तपाईंलाई थाहा छैन भने तपाईंले दिशा परिवर्तन गर्न सक्नुहुन्न, त्यसैले तपाईं अहिले कता जाँदैहुनुहुन्छ भनेर सोच्न केही समय लिनुहोस् । यदि तपाईं जानुपर्ने ठाउँमा गइरहनुभएको छैन भने, तपाईं जहाँ जान चाहनु हुन्छ त्यहाँ जानका लागि र तपाईंले पूरा गर्न चाहनुभएको कुरा पूरा गर्नको लागि तपाईंले चाल्नुपर्ने कदमहरू लेख्नुहोस् । तिनीहरूलाई सक्दो ठोस बनाउनुहोस् । के तिनीहरू बिल्कुल सही कदमहरू हुनेछन्? हुनसक्छ तिनीहरू सही कदम हुनेछन्, वा तिनीहरू सही कदम नहुन पनि सक्छन् । तर तपाईंलाई निश्चित रूपमा थाहा हुनेछैन जबसम्म तपाईं अगाडि बढ्न सुरु गर्नुहुन्न । दोस्रो कदम कार्य हो । यदि तपाईंले सुरु नै गर्नुभएन भने तपाईंले जित्न सक्नुहुन्न यसकारण पहल गर्नुहोस् । प्रत्येक दिन कुनै निश्चित काम गर्नुहोस् जसले तपाईंलाई तपाईंको लक्ष्यतर्फ एक कदम नजिक लैजान्छ । त्यसपछि, हरेक दिन त्यो काम गर्न जारी राख्नुहोस् । तेस्रो कदम जवाफदेहिता हो । तपाईंको लक्ष्यहरू प्राप्त गर्न अरू कुनै कुरालेभन्दा बढी जवाफदेहिताले तपाईंलाई प्रेरित गर्नेछ । तपाईंले गर्न सक्नुहुने एउटा तरिका तपाईंको लक्ष्य अरूलाई बताउनु हो । जब तपाईं मानिसहरूलाई तपाईंले के गर्ने योजना गर्नुभएको छ भनी बताउनुहुन्छ, तब तपाईंले त्यो काम गरिरहन दबाव महसुस गर्नुहुन्छ । ती मानिसहरूलाई तपाईंको प्रगतिको बारेमा सोध्न अनुमति दिनुहोस् । यो आफैलाई एक समय सीमा दिनु जस्तै हो ताकि तपाईं त्यसतर्फ अगि बढिरहनुहोस् । यस्ता लक्ष्यहरू लेख्नुले पनि तपाईंलाई जवाफदेही बनाउँछ । के तपाईं परमेश्वरको इच्छा पालन गर्न चाहनुहुन्छ ? त्यसो हो भने यी कदमहरूसाथ सुरु गर्नुहोस् ।
आत्मिक भोजनः उत्पत्ति १–३ यूहन्ना १२:१२–१९ भजन १०२:१–११ हितोपदेश ३०:१८–२०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



