हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ ।’ -भजन ३३ :२०
हाम्रो बाहिरी व्यक्तित्व तनावपूणर् र जवाफहरूको लागि चिन्ताग्रस्त भए तापनि, हाम्रो भित्री आत्मालाई परमेश्वरमा प्रतीक्षा गर्न प्रशिक्षित गर्न सकिन्छ । द्रूत गतिमा रहेको हाम्रो समाजमा यसो गर्न सजिलो छैन, जहाँ प्रभुमा पर्खने आत्मिक अनुशासनको अक्सर अभाव छ । हामी सबै थोक चाहन्छौं – अहिल्यै । तर यदि हामी सधैं हतारमा छौं भने, हामीले परमेश्वरसँगको घनिष्ठ संगति गुमाउनेछौं जसको लागि समय चाहिन्छ । यदि हामीले सुन्ने धैर्य राख्यौं भने उहाँ हाम्रो ह्दयसँग बोल्नुहुनेछ । बालका अगमवक्ताहरूलाई मारेपछि, एलियाले परमेश्वरलाई पर्खने बारे एउटा महत्त्वपूणर् पाठ सिके । परमप्रभुले उनलाई पहाडमा गएर उभिन भन्नुभयो । एउटा ठूलो बतास आयो, त्यसपछि भैँचालो, त्यसपछि आगो, तर परमप्रभु यीमध्ये कुनैमा पनि हुनुहुन्नथियो । बाइबलले भन्दछ, अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो’ (१ राजा १९ :१२) ।बतास, भैँचालो र आगोपछि प्रभु शान्त, सानो आवाजमा बोल्नुभयो । यदि एलिया अधीर भएका भए उनले प्रभुको आवाज सुन्ने थिएनन् । दाऊदले परमेश्वरलाई पर्खन र उहाँको मन्दिरमा रहन, र उहाँको सुन्दरतालाई हेरिरहन र उहाँलाई खोज्न’ (भजन २७ :४) सिकेका थिए । प्रभावकारी रूपमा प्रार्थना गर्नको लागि, हामीले धैर्यपूर्वक पर्खने र उहाँको वचन सुन्ने छनोट गर्नुपर्छ । पर्खने र सुन्ने कामले हाम्रो ध्यान हामीबाट हटाउँछ र उहाँमा राख्छ, जो हाम्रा सबै खाँचोहरूको जवाफ हुनुहुन्छ । प्राय मौनतामा नै परमेश्वरको शक्तिले सबैभन्दा शक्तिशाली रूपमा काम गर्छ । त्यसकारण, उहाँको उपस्थितिमा कसरी प्रतीक्षा गर्ने भनी तपाईंलाई सिकाउन पवित्र आत्मालाई अनुमति दिनुहोस् ।
आत्मिक भोजनः यूहन्ना १४ :६-११ प्रेरित ४ :८-१२ प्रेरित १६ :२२-३४ मत्ती १ :१८-२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



