परमेश्वरको कुरा सुन्न सिक्नु (३)

Mar 18, 2024

‘ख्रीष्टको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन ।’ —१ यूहन्ना २:२५

जब तपाईं लगनशीलतासाथ प्रार्थना गर्नुहुन्छ अनि तपाईंले परमेश्वरबाट सुन्नुभएको छ भन्ने विश्वास गर्नुहुन्छ, तर त्यसपछि तपाईंले अन्य मानिसहरूलाई उनीहरूले के सोच्छन् भनेर सोध्न थाल्नुहुन्छ, तपाईंले परमेश्वरको विचारभन्दा माथि उनीहरूको विचारलाई आदर गर्दै हुनुहुन्छ । त्यस प्रकारको मानसिकताले तपाईंलाई त्यस्तो सम्बन्ध विकास गर्नबाट रोक्छ जहाँ तपाईंले उहाँबाट निरन्तर सुन्नुहुन्छ । तपाईंले उहाँमा भरोसा गर्नु आवश्यक छ । यदि तपाईंले विगतमा खराब निर्णयहरू गर्नुभएको छ भने, यो कठिन हुन सक्छ । तर तपाईंले निरन्तर अरूबाट आश्वासन नलिई परमेश्वरको कुरा सुन्न सिक्नुपर्छ । बाइबलले यसो भन्छः ‘तिमीहरूले उहाँबाट पाएको अभिषेक (पवित्र नियुक्ति वा तेल) तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन । तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन । यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो’ (पद २६–२७ ) । यसको अर्थ परमेश्वरको वचन बुझ्नको लागि तपाईंलाई शिक्षा र निर्देशनको आवश्यकता पर्दैन भन्ने होइन । यसको अर्थ हो तपाईं भित्र परमेश्वरको आत्मा बास गर्नुहुन्छ र उहाँले तपाईंलाई व्यक्तिगत रूपमा निर्देशन र मार्गदर्शन दिनुहुनेछ । तपाईंले समय–समयमा कसैलाई सल्लाहको लागि सोध्नुपर्ने हुन सक्छ, तर तपाईंले आÇनो जीवनको लागि लिइरहनुभएका निर्णयहरूको बारेमा लगातार अरू मानिसहरूकहाँ जानुपर्दैन । यदि तपाईले परमेश्वरको कुरा सुन्ने र उहाँका आत्माद्वारा अगुवाइ गरिने क्षमता विकास गर्ने हो भने, तपाईंले आÇनै निर्णयहरू गर्न सुरु गर्नुपर्छ अनि परमेश्वरले तपाईंको ह्दयमा राखिदिनुभएको बुद्धिमा विश्वास गर्नुपर्छ । तपाईं परमेश्वरबाट सुन्न सक्षम हुनुहुन्न भन्ने तपाईंले सोचेको शैतान चाहन्छ । त्यसको कुरा नपत्याउनुहोस् । तपाईंंभित्र वास गर्ने पवित्र आत्माले तपाईंलाई तपाईंको जीवनको लागि साहस, सान्त्वना र सल्लाह दिनुहुनेछ । यसकारण पवित्र आत्माको कुरा सुन्न सिक्नुहोस् ।

आत्मिक भोजनः २ राजा १६:१–१८:१६, मत्ती २४:२९–५१, भजन २६, हितोपदेश ७:२६–२७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...