‘ख्रीष्टको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन ।’ —१ यूहन्ना २:२५
जब तपाईं लगनशीलतासाथ प्रार्थना गर्नुहुन्छ अनि तपाईंले परमेश्वरबाट सुन्नुभएको छ भन्ने विश्वास गर्नुहुन्छ, तर त्यसपछि तपाईंले अन्य मानिसहरूलाई उनीहरूले के सोच्छन् भनेर सोध्न थाल्नुहुन्छ, तपाईंले परमेश्वरको विचारभन्दा माथि उनीहरूको विचारलाई आदर गर्दै हुनुहुन्छ । त्यस प्रकारको मानसिकताले तपाईंलाई त्यस्तो सम्बन्ध विकास गर्नबाट रोक्छ जहाँ तपाईंले उहाँबाट निरन्तर सुन्नुहुन्छ । तपाईंले उहाँमा भरोसा गर्नु आवश्यक छ । यदि तपाईंले विगतमा खराब निर्णयहरू गर्नुभएको छ भने, यो कठिन हुन सक्छ । तर तपाईंले निरन्तर अरूबाट आश्वासन नलिई परमेश्वरको कुरा सुन्न सिक्नुपर्छ । बाइबलले यसो भन्छः ‘तिमीहरूले उहाँबाट पाएको अभिषेक (पवित्र नियुक्ति वा तेल) तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन । तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन । यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो’ (पद २६–२७ ) । यसको अर्थ परमेश्वरको वचन बुझ्नको लागि तपाईंलाई शिक्षा र निर्देशनको आवश्यकता पर्दैन भन्ने होइन । यसको अर्थ हो तपाईं भित्र परमेश्वरको आत्मा बास गर्नुहुन्छ र उहाँले तपाईंलाई व्यक्तिगत रूपमा निर्देशन र मार्गदर्शन दिनुहुनेछ । तपाईंले समय–समयमा कसैलाई सल्लाहको लागि सोध्नुपर्ने हुन सक्छ, तर तपाईंले आÇनो जीवनको लागि लिइरहनुभएका निर्णयहरूको बारेमा लगातार अरू मानिसहरूकहाँ जानुपर्दैन । यदि तपाईले परमेश्वरको कुरा सुन्ने र उहाँका आत्माद्वारा अगुवाइ गरिने क्षमता विकास गर्ने हो भने, तपाईंले आÇनै निर्णयहरू गर्न सुरु गर्नुपर्छ अनि परमेश्वरले तपाईंको ह्दयमा राखिदिनुभएको बुद्धिमा विश्वास गर्नुपर्छ । तपाईं परमेश्वरबाट सुन्न सक्षम हुनुहुन्न भन्ने तपाईंले सोचेको शैतान चाहन्छ । त्यसको कुरा नपत्याउनुहोस् । तपाईंंभित्र वास गर्ने पवित्र आत्माले तपाईंलाई तपाईंको जीवनको लागि साहस, सान्त्वना र सल्लाह दिनुहुनेछ । यसकारण पवित्र आत्माको कुरा सुन्न सिक्नुहोस् ।
आत्मिक भोजनः २ राजा १६:१–१८:१६, मत्ती २४:२९–५१, भजन २६, हितोपदेश ७:२६–२७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



