परमेश्वरको कुरा सुन्न सिक्नु (४)

Mar 19, 2024

‘तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ ।’ —गलाती १:२०

परमेश्वरको निर्देशनपछि प्रायः तयारीको समय आउनेछ । अनि त्यो समयको लम्बाइ तपाईंको जिम्मेवारीको आकारद्वारा निर्धारण गरिन्छ । त्यसकारण जब परमेश्वर तपाईंसँग बोल्नुहुन्छ, हतार गरेर मानिसहरूलाई त्यो कुरा बताउनु सधैँ बुद्धिमानी होइन । पावलले दमस्कसको बाटोमा ख्रीष्टसँग गरेको अचम्मको अनुभवको बारेमा कसले कुरा गर्न चाहँदैनथ्यो होला ? अनि त्यो काम गर्न पावलको लागि एउटा सही समय हुनेथियो– तर अहिल्यmै त होइन । त्यसकारण परमेश्वरले अनुमति नदिनुभएसम्म नहिँड्नुहोस् । किन ? दुई वटा कारण छन्ः (१) तपाईंलाई समय, परिपक्व र सुसज्जित हुन आवश्यक छ ताकि तपाईंले प्राप्त गर्नुभएको वचनले तपाईं भित्र जरा गाड्न्, वृद्धि हुन र परमेश्वरले चाहनुभएअनुसार पूरा हुन सकोस् । (२) कहिलेकहीँ परमेश्वरले तपाईंलाई जुन व्यक्तिकहाँ पठाउनुभएको छ उसको ह्दयलाई तयार पार्न समय लिनुहुन्छ । पावलले लेखेका छन्ः ‘जब अन्यजातिहरूका बिचमा उहाँको प्रचार गर्नलाई आÇना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ…तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ…त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ’ (पद १६–२१) । पावललाई थाहा थियो कि मानिसहरूले उनको बोलावटमा पत्यार गर्ने छैनन्, अनि उनीसँग पर्खने बुद्धि थियो । उनले परमेश्वरलाई उनको अगाडि जान र परिस्थितिहरू व्यवस्थित गर्न अनुमति दिए । अनि जब उनले पर्खिरहेका थिए, उनले प्राप्त गरेको वचनलाई वृद्धि हुन र आÇनो जीवनमा परिवर्तन गर्न अनुमति दिए । त्यसपछि मात्रै उनले आफूलाई जुन काम गर्न बोलाइएको थियो त्यो काम गर्न सुरु गरे । पावलले कसैलाई विश्वास दिलाउन कोसिस गरेनन् । उनले परमेश्वरलाई त्यसो गर्न दिए । त्यसको परिणाम के भयो ? ‘तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए ¤’ (पद २४) ।यसकारण मानिसहरूलाई सबै कुरा बताउन र विश्वास दिलाउनु भन्दा परमेश्वरको कुरा सुन्नु असल छ ।

आत्मिक भोजनः २ राजा १८:१७–२०:२१ मत्ती २५:१–२३ भजन ११५ हितोपदेश ८:१–३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...