परमेश्वरको कुरा सुन्न सिक्नु (१)

Mar 16, 2024

‘आत्मा आउनुहुनेछ र उहाँले तिमीहरूलाई सबै सत्यतामा डो¥याउनुहुनेछ ।’ —यूहन्ना १६:१३

येशूले आÇना चेलाहरूलाई भन्नुभयो, ‘मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ । जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डो¥याउनुहुनेछ । उहाँ आÇनो तर्फबाट बोल्नुहुनेछैन । उहाँले जे सुन्नु्हुन्छ, त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ’ (पद १२–१३) । येशूले यी शब्दहरू ती मानिसहरूलाई भन्नुभयो जोसँग उहाँले तीन वर्ष बिताउनुभएको थियो । अब, यदि येशू तीन वर्षसम्म दिनरात हामीसँग व्यक्तिगत रूपमा हुनुहुन्थ्यो भने, हामीले जान्नुपर्ने सबै कुरा सिक्ने थियौँ ? त्यसो होइन । वास्तवमा, येशूले हामीलाई सचेत र ग्रहणशील रहन भन्नुहुन्छ, किनकि हामीले सामना गर्ने हरेक नयाँ परिस्थितिको बारेमा बताउनका लागि उहाँसँग सधैँ केही कुरा हुन्छ । तर त्यहाँ त्यस्ता कतिपय कुराहरू छन् जुन उहाँले तब मात्रै तपाईंलाई मात्र प्रकट गर्नुहुनेछ जब उहाँले जान्नुहुन्छ कि तपाईं तिनीहरूलाई सम्हाल्न तयार हुनुहुन्छ । परमेश्वर तपाईंसँग व्यक्तिगत रूपमा कुरा गर्न, उहाँले तपाईंका लागि योजना गर्नुभएका असल कुराहरूतर्फ तपाईंलाई पाइला–पाइलामा अगुवाइ गर्न चाहनुहुन्छ । उहाँले तपाईंको जीवनको सबैभन्दा साना विवरणहरूको समेत ख्याल राख्नुहुन्छ । त्यसकारण, तपाईंले साना ठान्नुभएका कुराहरूसमेत उहाँकहाँ लैजान कहिल्यै नहिचकिचाउनुहोस्– आखिर, परमेश्वरको लागि सबै कुरा सानो छ ¤ उहाँले तपाईंको ह्दयका इच्छाहरूको वास्ता राख्नुहुन्छ । उहाँ तपाईंलाई सत्यता प्रकट गर्न चाहनुहुन्छ जसले तपाईंलाई डर र चिन्ताबाट मुक्त गर्नेछ । तपाईंसँग घनिष्ठ सम्बन्ध रहने उहाँको योजना तपाईंको जन्म हुनुभन्दा धेरै अगि नै थियो । उहाँले ‘उहाँले तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, तिनीहरूले परमेश्वरलाई खोजून् भन्ने आशामा यसो गरियो’ (प्रेरित १७:२६–२७) । अब यसको बारेमा सोच्नुहोस् यदि परमेश्वरले तपाईंको जन्म हुनुभन्दा पहिले नै तपाईंको जीवनको योजना बनाउनुभयो भने, तपाईंको लागि उहाँको कुरा सुन्न सिक्नु महत्वपूर्ण छैन त ?यसकारण तपाईंको आÇनै भलाइका लागि परमेश्वरका कुरा सुन्नु र त्यसबाट सिक्नु जरुरी छ ।

आत्मिक भोजनः २ राजा १३–१५ मत्ती २४:३–२८, भजन २४, हितोपदेश ७:२४–२५

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...