परमेश्वरको नदी

Oct 5, 2024

तिनले त्यसलाई…एउटा टोकरीमा राखेर नील नदीको तीरमा नर्कट झाडीको बिचमा राखिदिइन् ।’ —प्रस्थान २:३

मोशाकी आमाले उनलाई एउटा टोलामा हालिन्, नील नदीमा राखिन्, अनि छालले उनलाई फारोकी छोरीकहाँ पु¥यायो, जसले उनलाई धर्मपुत्रका रूपमा ग्रहण गरिन् र उनलाई फारोको परिवारकै सदस्य बनाइन् । उनको अर्को चालीस वर्ष उनलाई सबै समयका सबैभन्दा ठूला जिम्मेवारीहरू मध्ये एकको लागि तयार गर्न खर्च गरिनेथियोः प्रस्थानको लागि । यहाँ एउटा मननयोग्य र शिक्षाप्रद कुरा छ । नदीले उनलाई निराशा र हतासाको स्थानबाट सबै कुरा सम्भव भएको स्थानमा पु¥यायो । अनि परमेश्वरले तपाईंको लागि पनि त्यसै गर्न सक्नुहुन्छ । (१) उहाँको अनुग्रहको नदीले तपाईंको पापहरू मेटाइदिन सक्छ, तपाईंलाई ख्रीष्टको धार्मिकता पहिराइदिन सक्छ । तपाईंलाई परमेश्वरसँगको नयाँ सम्बन्धमा ल्याउन सक्छ । (२) उहाँको सामथ्र्यको नदीले तपाईंलाई हारको स्थानबाट विजयको स्थानमा लैजान सक्छ । (३) उहाँको बुद्धिको नदीले तपाईंलाई गल्ती र अलमलको स्थानबाट दर्शन र सफलताको स्थानमा लैजान सक्छ । (४) उहाँको प्रबन्धको नदीले तपाईंलाई अभावको स्थानबाट प्रचुरताको स्थानमा लैजान सक्छ । यसको अर्थ यो हुन सक्छ कि परमेश्वरले तपाईंलाई ती व्यक्तिहरूबाट अलग गर्नुहुनेछ किनभने तिनीहरूले बुझ्दैनन् कि उहाँले तपाईंलाई के गर्न बोलाउनुभएको छ र तपाईंलाई मित्रहरूको एक नयाँ समूहसँग जोड्न सक्नुहुन्छ । वा तपाईंलाई एउटा त्यस्तो चर्चमा राख्नुहुन्छ जसले तपाईंलाई आत्मिक रूपमा निर्माण गर्न सक्छ । तपाईंको जीवनको लागि परमेश्वरको योजना पूरा गर्न तपाईंलाई सुसज्जित बनाउन मदत गर्दछ । एक दासको रूपमा, मोशाकी आमाले उनलाई फारोकी छोरीकहाँ लैजान सक्नेथिइनन् तर परमेश्वरले सक्नुहुन्थ्यो र उहाँले त्यसो गर्नुभयो अनि परमेश्वरले मोशाको लागि जे गर्नुभयो, यदि तपाईंले प्रार्थनामा उहाँलाई खोज्नुभयो र उहाँका निर्देशनहरू पालन गर्नुभयो भने उहाँले तपाईंको लागि त्यसै गर्नुहुनेछ ।यसकारण हामीले कल्पनासमेत गर्न नसक्ने तरिकाले परमेश्वरले हामीलाई चलाउन र आशिष् दिन सक्नुहुन्छ ।

आत्मिक भोजनः प्रस्थान ४–६ यूहन्ना १:१–१३ भजन ६३ हितोपदेश २५:२६–२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...