परमेश्वरको भलाइले भक्तिमा डो¥याउँछ

Aug 5, 2024

परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डो¥याउँछ ।’ —रोमी २:४

सुगन्धित तेलले भरिएको सङ्कमरमरको शिशी लिएर येशूलाई तेल लगाइदिने स्त्रीलाई तपाईं सम्झनुहुन्छ ? बाइबलले यसो भन्छः ‘उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो”’ (लूका ७:३९) । मानव निर्मित धर्मले यी स्त्रीलाई तिनको विगतको कारण निन्दा ग¥यो, तर येशूले तिनलाई शुद्ध पार्नुभयो र पूर्ण बनाउनुभयो । ‘यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढी प्रेम देखाई । तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ’ (पद४७) । येशूलाई थाहा थियो यी स्त्रीले के गरेकी थिइन् , तर उहाँको अनुग्रहले तिनको जीवनलाई छोएपछि तिनी के बन्न सक्छिन् भन्ने कुरा पनि उहाँलाई थाहा थियो । वास्तवमा तपाईंका सबै पापहरूका लागि तपाईंलाई क्षमा गरिएको छ भन्ने कुरा तपाईंले जति धेरै बुभ्mनुहुन्छ, तपाईंले प्रभुलाई उति धेरै प्रेम गर्नुहुनेछ । परमेश्वरको क्षमाले पापपूर्ण जीवन शैलीमा डो¥याउँदैन; यसले त प्रभु येशूको महिमा गर्ने जीवनतर्फ डो¥याउँछ । ‘परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डो¥याउँछ ।’ पश्चाताप भन्ने शब्दको अर्थ फनक्क घुम्नु र पहिलेको भन्दा विपरीत काम गर्नु हो । दोषले धर्मी जीवन सृजना गर्दैन, तर परमेश्वरको अनुग्रह र हामीप्रतिको भलाइको ज्ञानले यस्तो धर्मी जीवन जिउन सम्भव बनाउँछ । सिमोन फरिसीले सोचेको थियो कि परमेश्वरबाट उसको अनुमोदन उसको काममा आधारित थियो । त्यसैकारण ऊ स्वधर्मी बन्यो । तर येशूले उसलाई सच्याउनुभयोः ‘जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ ।’ परमेश्वरले तपाईंलाई कति धेरै र कति पटक क्षमा गर्नुभएको छ भन्ने कुरा जब तपाईंलाई थाहा हुन्छ, तपाईंले उहाँलाई प्रेम गर्नुहुन्छ र आपूmले गर्ने सबै कुरामा तपाईंले उहाँलाई प्रसन्न तुल्याउन चाहनुहुन्छ ।

आत्मिक भोजनः १ यूहन्ना ३:११–५:२१ लूका ११:१–१३ भजन ७८:४०–५५ हितोपदेश २०:४–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...