‘परमप्रभु मोशासित यसरी आमने–सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ ।’ —प्रस्थान ३३:११
जब तपाईं नजिकको मित्रसँग कुरा गर्नुहुन्छ, तपाईं निर्धक्क, विश्वस्त र सहज र खुल्ला बन्नुहुन्छ । तपाईंले हरेक ससाना कुरामा होसियार बन्नु आवश्यक छैन† तपाईंको न्याय गरिने वा अस्वीकृत भइने डरबिना तपाईंले जस्तो महसुस गर्नुहुन्छ त्यस्तै व्यक्त गर्न सक्नुहुन्छ । मोशा र परमेश्वरबिच पनि त्यसरी नै कुराकानी हुन्थ्यो– दुई जना मित्रहरू जस्तै, विश्वासी र पारदर्शी । उहाँरूले आफूले महसुस गरेको र सोचेको कुरा सिधै बोल्नुभयो, चर्चमा बोलिने मिठो आत्मिक भाषा वा धार्मिक शब्दावलीमा होइन । इस्राएलीहरूले आराधना गर्नको लागि सुनको बाछो बनाएका थिए, अनि परमेश्वर यति क्रोधित हुनुभयो कि उहाँ तिनीहरूलाई परित्याग गर्न र आफ्नो लागि एउटा नयाँ जाति चुन्नको लागि तयार हुनुभयो । अब मोशा संकटमा फसेका थिए यसकारण उनी त्यसको परिणामको बारेमा परमेश्वरसँग गम्भीर बहसमा संलग्न बने । संक्षेपमा, उनले परमेश्वरलाई यसो भने, ‘हे प्रभु, तपाईं यसलाई एउटा तरिकाले हेर्नुहुन्छ । म यसलाई अर्को तरिकाले हेर्छु, र तपाईंको दृष्टिकोणले मलाई धेरै असहज बनाइरहेको छ ¤’ यो साथीहरू बिचको स्पष्ट कुराकानी जस्तो लाग्छ । मोशाले परमेश्वरप्रति अनादर जनाएका थिएनन्† उनी परमेश्वरसामु स्पष्ट र इमानदार मात्रै बनेका थिए । उहाँहरूले एक–अर्कालाई यति घनिष्ठ रूपमा चिन्नुहुन्थ्यो कि उहाँहरू ‘यसरी आमने–सामने कुरा गर्नुहुन्थ्यो जसरी कोही आफ्न मित्रसित कुरा गर्दछ ।’ के तपाईं यसरी प्रार्थना गर्नुहुन्छ ? कुनै अभिनय वा बनावटीपनबिना– मनदेखि मनलाई, तपाईं आफ्ना मित्र परमेश्वरलाई जे बताउन चाहनुहुन्छ त्यो बताउन ? त्यो त्यस्तो प्रकारको सम्बन्ध हो जुन परमेश्वरले मोशासँग राख्नुभएको थियो, अनि तपाईंले पनि उहाँसँग त्यस्तै प्रकारको सम्बन्ध राखेको उहाँ चाहनुहुन्छ ¤ धार्मिक सूत्रहरु र ‘आम’ प्रार्थना सूचीहरूले परमेश्वरसँग गहिरो र व्यक्तिगत रूपमा जोडिने अवसर गुमाउँछन् । त्यसको सट्टा, उहाँसँग खुल्ला हुनुहोस् । व्यावहारिक र आधारभूत विषयाहरूका बारेमा कुरा गर्नुहोस् । तपाईं कस्तो परिस्थितिबाट आउँदैहुनुहुन्छ, तपाईंले वास्तवमै के महसुस गर्दैहुनुुहुन्छ, सोच्दैहुनुहुन्छ र चाहनुहुन्छ उहाँलाई बताउनुहोस् । त्यसपछि उहाँको दृष्टिकोण सुन्नुहोस् । अर्थात् परमेश्वरको मित्र बन्नुहोस् ¤
आत्मिक भोजनः गन्ती ३४–३६, मत्ती १३:१–९, भजन १३८, हितोपदेश ४:१४–१७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



