‘यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार–चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ ।’ —याकूब १:५
जब तपाईं कुनै कठिन जाँच पार गर्नु आवश्यक छ । असफल भइने डरले त्यस्तो समयमा तपाईंको मनलाई टक्क अड्याइदिन सक्छ जब तपाईंले आफ्ना विचारहरू स्वतन्त्र रूपमा प्रवाह गर्न आवश्यक हुन्छ । जब तपाईंलाई थाहा छ कि तपाईंले सामग्री अध्ययन गर्न र आफैलाई तयार गर्न सक्दो प्रयास गर्नुभएको, परिणामको लागि परमेश्वरमा भरोसा राख्नुहोस् र उहाँको वचनमा खडा हुनुहोस्ः ‘परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ । परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ । आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ’ (भजन ३७:३–५) । ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’ (यर्मिया ३४:३) । ‘त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु । त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु’ (भजन ९१:१५) । ‘तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ’ (यूहन्ना १४:२६) । ‘अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं’ (१ यूहन्ना ३:२२) । नडराउनुहोस्, यो जाँच वा परीक्षा दिने समय हुँदा परमेश्वर तपाईंसँगै जानुहुनेछ । तपाईंले प्रार्थना गर्नुभन्दा धेरै पहिल्यै उहाँले तपाईंको ह्दय र मनलाई तयार गरिरहनुभएको थियोः ‘तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु । तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेुछु’ (यशैया ६५:२४) । त्यसकारण आफ्नो काँध सिधा पार्नुहोस्, शिर उच्च बनाउनुहोस् अनि परमेश्वर तपाईंसँग हुनुहुन्छ भन्ने जानेर परीक्षा कक्षमा जानुहोस् ¤
आत्मिक भोजनः न्यायकर्ता १–३ मर्कूस १०:१–१२ भजन ८८:१–९ख हितोपदेश १३:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



