‘मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन् ।’ —हितोपदेश २७:२०
जब तपाईं भौतिकवादद्वारा नियन्त्रित बन्नुहुन्छ । भौतिकवादको पछाडिको त्रुटिपूर्ण दर्शन भनेकै ‘अझै धेरै, अझै धेरै, अझै धेरै हो । अनि यो ‘समस्याग्रस्त आँखा’ को परिणाम हो । बाइबलले भन्दछ, ‘मानिसका आँखा कहिल्यै सन्तुष्ट हुँदैनन् ।’ सुन्दर घर, भरपर्दो कार, र आर्थिक सुरक्षा चाहनु ठिकै हो, अनि परमेश्वरले ती कुराहरू उपलब्ध गराउनुहुनेछ जब तपाईं उहाँले तपाईंलाई पहिल्यै सुम्पनुभएका थोकहरूको असल भण्डारे बन्नुहुन्छ । तर जब तपाईंले आफ्नो आवश्यकताभन्दा बढी वा उहाँको इच्छा पूरा गर्न आवश्यकभन्दा बढी चाहनुहुन्छ, बाइबलले यसलाई व्यर्थता भन्छ । यो शब्दलाई रित्तो, खोक्रो, वा उद्देश्यबिनाको रूपमा पनि परिभाषित गर्न सकिन्छ । सोलोमनले लेखेका छन्, ‘जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन । जसले धन–सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन । यो पनि व्यर्थ हो’ (उपदेशक ५:१०) । त्यसकारण समृद्धिको लागि परमेश्वरसँग बिन्ती गर्नुअगि, उहाँलाई तपाईंको जीवनको उद्देश्य प्रकट गरिदिनुहुन बिन्ती गर्नुहोस् किनभने तिनीहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । येशूले भन्नुभयो, ‘मानिसको जिन्दगी उसको धन–सम्पत्तिको प्रशस्ततामा रहँदैन’ (लूका १२:१५) । परमेश्वरले फरक मापदण्ड प्रयोग गर्नुहुन्छ, र उहाँको वचनले भन्दछ ‘परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैं नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक । छर्नेलाई बिउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बिउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढाउनुहुनेछ । तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढाउने धन्यवाद उत्पन्न गराउनेछ’ (२ कोरिन्थी ९:८, १०–११) । के परमेश्वरले तपाईंलाई आर्थिक रूपमा आशिष् दिन चाहनुहुन्छ ? हो, तर तब मात्र जब तपाईं उहाँको आशिष्को माध्यम र वितरणकर्ता बन्न इच्छुक हुनुहुन्छ ।यसकारण भौतिक थोकमा होइन तर परमेश्वरमा भरोसा राख्न सिक्नुहोस् ।
आत्मिक भोजनः न्यायकर्ता ४–६ मर्कूस १०:१३–२२ भजन ८८:९ग–१८ हितोपदेश १३:४–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



