‘परमेश्वरद्वारा…प्रभु येशू ख्रीष्टको संगतिमा तिमीहरू बोलाइयौ ।’ —१ कोरिन्थी १:९
जब तपाईं कामको लागि अयोग्य महसुस गर्नुहुन्छ । के तपाईंलाई त्यस्तो काम दिइएको छ जसको लागि तपाईंले आपूmलाई योग्य महसुस गर्नुहुन्न ? कुनै समस्या छैन – यो त परमेश्वरको लागि तपाईंको तर्फबाट आफूलाई बलियो देखाउने अवसर हो (हेर्नुहोस् २ इतिहास १६:९) । आफ्ना सर्वशक्तिमान, सधैं उपस्थित, प्रेमिला स्वर्गीय पितामा आफ्नो मन स्थिर गर्नुहोस् । ‘आफ्नो फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मीहरूलाई कहिल्यै डगमगाउन दिनुहुन्न’ (भजन ५५:२२) । चुनौतीसँग डराउनुको सट्टा, आफ्नो विश्वासलाई खुवाउन सु रु गर्नुहोस् । ‘जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ’ (रोमी १०:१७) । प्रार्थनामा धेरै समय बिताउनुहोस् र येशूको नजिक जानुहोस्ः ‘तिमीहरू ममा रहृयौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ । तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित ग¥यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ’ (यूहन्ना १५:७–९) । डराउनुको सट्टा, परमेश्वरको वचनमा अडिग हुनुहोस्ः ‘जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ ? सो विचार गर । सांसारिक स्तरअनुसार तिमीहरूमध्ये, धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ । तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो । परमेश्वÞरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो । यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिऊन्, यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्’ (१ कोरिन्थी १:२६–२९) । ‘उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, उहाँलाई नै पुस्ता–पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्’ (एफिसी ३:२०–२१) । तपाईंले सही ठान्नुभयो, तपाईं आफै त्यो कामको निम्ति सक्षम हुनुहुन्न । तर परमेश्वर तपाईंको पक्षमा हुनुभएपछि, तपाईं त्यो चुनौतीको सामना गर्न सक्षम बन्नुहुन्छ ¤
आत्मिक भोजनः न्यायकर्ता ७:१–९:३३ मर्कूस १०:२३–३४ भजन ९३ हितोपदेश १३:७–८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



