परमेश्वरको वचनमा खडा हुनुहोस् (५)

May 24, 2024

‘शोकले गर्दा मेरो प्राण पग्लन्छ ।’ —भजन ११९:२८

जब तपाईं निराश हुनुहुन्छ । जब निराशा शारीरिक रूपमा आधारित हुन्छ, परमेश्वरले तपाईंलाई आश्चर्यकर्म, सही औषधी उपचार, भिटामिन, जडीबुटी र पूरक पोषक तत्वहरूमार्फत निको पार्न सक्नुहुन्छ । तर कहिलेकहीँ यो निकै गहिरोसम्म जान्छ र तपाईंको शरीरले ‘अस्वस्थ’ भएजस्तै, तपाईंको आत्मा पनि अस्वस्थ हुन सक्छ । उहाँलाई धन्यबाद होस्, परमेश्वरचाहिँ आत्माका सर्वोच्च वैद्य हुनुहुन्छ ¤ भजनकारले भनेका छन्, ‘जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो’ (भजन १३८:३) । हार मान्नु र आफ्नो परिवारमा निराशाको परम्परा रहेको छ भन्ने तथ्य स्वीकार गर्नुको सट्टा, परमेश्वरको वचनमा खडा हुनुहोस् । येशू आउनुभयो ‘मन भाँचिएकाहरूको ह्दयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वातन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न…खरानीको सट्टा सुन्दरताको मुकुट, र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन’ (यशैया ६१:१–३) । बाइबलले भन्दछ, ‘तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ । तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दरले मलाई गद्गद् पार्नुहुनेछ । तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ’ (भजन १६:११) । ‘अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन् । तिनीहरू सियोनमा गाउँदै पस्नेछन् । सदासर्वदाको आनन्द तिनीहरूका शिरको मुकुट हुनेछ । तिनीहरूले रमाहट र आनन्द प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछन्’ (यशैया ३५:१०) । ‘मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्’ (यूहन्ना १५:११) । ‘अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस्’ (यूहन्ना १६:२४) । हरेक बिहान जब तपाईं उठ्नुहुन्छ, ऐनामा हेर्नुहोस् र यस्तो घोषणा गर्नुहोस्ः ‘आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं’ (भजन ११८:२४) । परमेश्वरले तपाईंलाई निराशाबाट स्वतन्त्र तुल्याउन चाहनुहुन्छ, अनि जब तपाईंले आफ्नो भागको काम गर्नुहुन्छ, उहाँले उहाँको काम गर्नुहुनेछ ।

आत्मिक भोजनः न्यायकर्ता ९:३४–११:४० मर्कूस १०:३५–५२ लभजन १२९ हितोपदेश २०:२५,

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...