परमेश्वरको वचनमा खडा हुनुहोस् (१)

May 20, 2024

‘मैले तेरा अपराधहरू…र तेरा पापहरू…हटाइदिएँ ।’ —यशैया ४४:२२

जब आफैलाई क्षमा गर्न तपाईंलाई कठिन हुन्छ । बाइबलमा क्षमा नहुने एउटा मात्र पापको नाम दिइएको छ (लूका १२:१० हेर्नुहोस्) । अनि एक विश्वासीको रूपमा, सायद तपाईंले सायद त्यो पाप गर्नुभएको छैन, त्यसकारण परमेश्वरले तपाईंलाई अरू सबै कुराको लागि क्षमा गर्नुहुनेछ । तथापि, जब परमेश्वरले तपाईंलाई क्षमा गरें भन्नुहुन्छ तर तपाईंलेचाहिँ आफैलाई क्षमा गर्न इन्कार गर्नुहुन्छ, योचाहिँ न्यायाधीशले तपाईंको अपराधको लेखा हटाइदिएर तपाईंलाई मुक्त गरिसकेपछि पनि तपाईंले कैदमै बस्न रोजे जस्तै हो । अनि अझै खराब कुरा त, तपाईंले अहंकारको पाप गर्दै हुनुहुन्छ । किन ? किनभने जब परमेश्वरले तपाईंलाई क्षमा गर्नुहुन्छ तर तपाईंले आफैलाई क्षमा गर्न इन्कार गर्नुहुन्छ, तपाईंले आफ्नो विचारलाई उहाँको विचारभन्दा माथि राख्दैहुनुहुन्छ । यदि तपाईंलाई आफैलाई क्षमा गर्न समस्या भइरहेको छ भने, परमेश्वरको यी वचनमा खडा हुनुहोस्ः ‘म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन’ (यशैया ४३:२५) । ‘मैले तेरा अपराधहरू बादलझैं र तेरा पापहरू बिहानको कुइरोझैं हटाइदिएँ । फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु’ (यशैया ४४:२२) । ‘दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ । हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ’ (यशैया ५५:७) । ‘जब तैंले गरेका सबै कामका निम्ति म प्रायश्चित गर्छु, तब तैंले सम्झनेछस्, र तँ लज्जित हुनेछस्, अनि तेरो अपमानित अवस्थाको कारणले तैंले आफ्नो मुख फेरि कहिल्यै उघार्नेछैनस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ’ (इजकिएल १६:६३) । ‘यदि हामीले आफ्ना पापहरू स्वीकार ग¥यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ’ (१ यूहन्ना १:९) । ‘यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन’ (रोमी ८:१) । के तपाईं ‘ख्रीष्ट येशूमा हुनुहुन्छ ?’ त्यसो हो भने आनन्द मनाउनुहोस्, तपाईंले अब दण्डको बोझमुनि संघर्ष गर्नुपर्दैन । परमेश्वरले तपाईंलाई पूर्णरूपमा क्षमा गर्नुभएको छ, त्यसकारण आफैलाई क्षमा गरेर अगि बढ्नुहोस् ।

आत्मिक भोजनः रूथ १–४ मर्कूस ९:३८–५० भजन १८:३०–५० हितोपदेश १२:२५–२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...