‘तर वचन पालन गर्ने होओ र सुन्ने मात्र भएर आफैँलाई धोका नदेओ ।’ —याकूब १:२२
जब तपाईंले परमेश्वरको वचन सुन्नुहुन्छ वा पढ्नुहुन्छ तर यसलाई आफ्नो जीवनमा लागु गर्नुहुन्न, तपाईंले आफैलाई धोका दिनुहुन्छ । कसरी ? (१) तपाईं अनुभवभन्दा तल ज्ञानमै सीमित बस्नुहुन्छ । बाइबलले भन्दछ, ‘यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ’ (याकूब ४:१७) । त्यसले तपाईंलाई कसरी पक्रन्छ ? जब तपाईंले सत्यता जान्नुहुन्छ तर त्यसअनुसार कार्य गर्नुहुन्न, तपाईं गल्ती मात्रै गर्दै हुनुहुन्न वा गलत निर्णय मात्रै गर्नुहुन्न– तपाईंले पाप गर्दै हुनुहुन्छ । बाइबलले आज्ञाकारिता बिनाको ज्ञान पाप हो भनी बताउँछ । (२) तपाईंले आफूलाई अरूसँग तुलना गर्नुहुन्छ । पावल लेख्छन्, ‘आफैँलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौँ (गलाती ६:४) । ‘तिनीहरू आफूले आफैँलाई एक–अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्’ (२ कोरिन्थी १०:१२ ) । यसले तपाईंलाई शारीरिक वा पापमय स्वभावमा रहन अभ्यस्त बनाउँछ, अनि तपाईं जति वृद्ध हुँदै जानुहुन्छ, त्यति नै तपाईं त्यसो गर्नमा अनुभवी बन्नुहुन्छ । समय बित्दैजाँदा तपाईंले प्रतिक्रियाहरूको भण्डार बनाउनुहुन्छ र जब सत्यता असहज हुने गरी नजिक आउँछ, त्यो कुरा तपाईंबाहेक अरू सबैलाई किन लागुहुन्छ भन्नेबारे तपाईंसँग १०१ वटा कारण हुनेछन् । (३) वचनले तपाईंलाई छोटो समयका लागि छुन्छ तर तपाईंलाई स्थायी रूपमा परिवर्तन गर्दैन । आत्मिक सत्यतालाई भावनात्मक रूपमा प्रतिक्रिया दिनु कुनै गल्ती होइन तर यदि तपाईं आफ्नो बानीमा अलिकति पनि परिवर्तन नगरीकन आफ्नो बाटोमा आनन्द गर्दैजानुहुन्छ भने, तपाईंको आत्मिकता एक बेकार भावनात्मक अनुभवबाहेक अरू केही पनि हुँदैन । (४) तपाईंले ज्ञानको सञ्चारलाई नै रूपान्तरण भन्ने भ्रम पाल्नुहुन्छ । तपाईं सही कुरा त गर्नुहुन्छ, तर त्यसअनुसार सही कामचाहिँ गर्नुहुन्न । तपाईं सोच्नुहुन्छ कि यदि तपाईंले धर्मशास्त्रको कुनै बिन्दुको बारेमा धाराप्रवाह र विश्वास दिलाउने गरी बोल्नुभयो भने, तपाईं सुरक्षित हुनुहुन्छ, उम्कन ुहुन्छ । तर तपाईं उम्कनुहुन्न ¤ यसैकारण त याकूब भन्छन्, ‘वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैँलाई धोका नदेओ ।’
आत्मिक भोजनः इजकिएल २०–२१ मर्कूस १४:६६–७२ भजन ४८ हितोपदेश १४:३३–३५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



