तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर पूरा मनले त होइन ।’ -२ इतिहास २५ :२
बाइबलले भन्दछ, अमस्याहले…परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर पूरा मनले त होइन’ (पद १-२) । परमेश्वरले दाऊदको बारेमा भन्नुभएको कुरासँग यसको तुलना गर्नुहोस्ः मैले… दाऊदलाई मेरो ह्दयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ’ (प्रेरित १३ :२२) । यो कुरा अलि चकित तुल्याउने हुन सक्छ किनभने जब तपाईंले दाऊदको जीवनको बारेमा पढ्नुहुन्छ, तपाईंले व्यभिचार, हत्या र ढाकछोपका अध्यायहरू फेला पार्नुहुन्छ । पतिको रूपमा उनी असफल रहे भने बाबुको रूपमा कमसल । तर उनको ह्दय परमेश्वरप्रति समर्पित छ । हामीले यो कुरा कसरी थाहा पाउँछौं ? किनकि जब उनले गल्ती र पाप गर्छन्, उनले पश्चात्ताप गर्छन् र परमेश्वरसँग फेरि सही सम्बन्धमा रहन चाहन्छन् । जब दाऊदले करारको सन्दुकलाई इस्राएलमा फिर्ता ल्याउन अगुवाइ गरे, उनी परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे’ (२ शमूएल ६ :१४) । उनले आफैलाई सम्पूणर् रूपमा यसमा दिइहाले । यदि तपाईं त्यो नृत्य कस्तो देखिन्थ्यो होला भनी सोच्दै हुनुहुन्छ भने, धर्मशास्त्रको यो खण्डले बताउँछ कि राजा दाऊद परमप्रभुको सामुन्ने उफ्रँदै नाचे’ (पद १६) । प्राचीन समयमा, हृदय चाहिँ कुनै पनि व्यक्तिको मुख्य कुरा थियो । यसको अर्थ भावनाहरू मात्र होइन, जसरी हामी अक्सर ह्दयको बारेमा सोच्दछौं, तर व्यक्तिको अस्तित्वको केन्द्र, विशेष गरी इच्छाको केन्द्र थियो । त्यसकारण परमेश्वरप्रतिको सम्पूणर् ह्दयको भक्तिले तपाईंले आफ्नो सम्पूणर् शक्तिले कुन कुरा चाहनुहुन्छ भन्ने कुरा प्रकट गर्दछ । अमस्याहले आफ्नो जीवनको उनन्तीस वर्ष परमेश्वरप्रति आफ्नो प्रतिबद्धता कायम राख्दै जिए । उनले जे ठिक थियो त्यही गरे, तर उनको मन अन्तै कतै थियो । आफ्ना त्रुटिहरूका बावजुद, दाऊद आफ्नो सारा ह्दयले परमेश्वरको खोजी गरे ।त्यसकारण तपाईंको लागि आजको वचन छ – परमेश्वरप्रति पूणर् ह्दयको समर्पणताको लागि प्रयास गर्नुहोस् ।
आत्मिक भोजनः कलस्सी ३-४ फिलिप्पी लूका २१ :१-११ भजन ७८ :९-१६ हितोपदेश २३ :२२-२५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


