परमेश्वरमाथि भरोसा राख्नुहोस् र कदम चाल्नुहोस्

Oct 16, 2024

‘बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन ।’ —उपदेशक ११:४

होसियार हुनुपर्ने समय छ र होसियारीलाई हावामा मिल्काउनुपर्ने समय पनि छ । अनि ती दुई बिचको भिन्नता थाहा पाउन विवेक चाहिन्छ । यदि तपाईं अवसरलाई पक्रनुअगि उत्तम अवस्थाको लागि पर्खिरहनु भएको छ भने, आफ्नो मृत्यु नहुँदासम्म तपाईं हिचकिचाइरहनुहुनेछ । बाइबलले भन्दछ, ‘बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन ।’ अधिकांश समय, तपाईं र तपाईंको सपनालाई बिचको दूरी यही बहाना हो, ‘म धेरै व्यस्त छु…मसँग पर्याप्त रूपैयाँपैसा छैन…म अयोग्य छु…म अझै तयार छैनँ…मेरा धेरै समस्या छन् ।’ तर खास कुरो यही होः कहिल्यै कोही पनि तयार छैन । ख्रीष्टको पहिलो आश्चर्यकर्म गर्नुभन्दा ठिक अगि, उहाँले हिचकिचाहटको संकेत दिनुहुन्छः ‘मेरो समय अझै आएको छैन’ (यूहन्ना २:४) । तर येशूकी आमाले उहाँलाई मनाइन् । ‘जम्प इन’ अर्थात् झट्टै काम गरिहाल्नुहोस् नामक पुस्तकमा मार्क बर्नेटले टिभी कार्यक्रम निर्माताको रूपमा आफ्नो यात्राको बारेमा लेखेका छन् । बर्नेटले सर्वाइभर र द एप्रेन्टिस जस्ता सफल कार्यक्रमहरू निर्माण गरे । उनले लेखेका छन्ः ‘कुनै पनि कुरा कहिल्यै सिद्ध हुनेछैन, र कुनै पनि कुरा पूर्ण रूपमा योजनाबद्ध हुन सक्दैन । तपाईंले आशा गर्न सक्नुहुने सबैभन्दा उत्तम कुरा भनेको तपाईंको योजनाको लगभग आधा निश्चित हुनु हो अनि तपाईं र तपाईंले भेला गर्नुभएको टोली अवश्यम्भावी समस्याहरू आइपुग्दा तिनलाई पार गर्नको लागि कडा परिश्रम गर्न इच्छुक हुनुहुन्छ भनेर थाहा पाउनु हो ।’ तपाईंले आशा गर्न सक्नुहुने सबैभन्दा राम्रो भनेको लगभग आधा निश्चित हुनु हो भन्ने शब्दहरूलाई ध्यान दिनुहोस् । यो वास्तवमा उपदेशक ११ को अर्को निकै उत्कृष्ठ अनुवाद ह।े । त्यसकारण, ‘बतासको विचार नगर्नुहोस्’ र ‘बादलमा नजर नराख्नुहोस् ।’ निष्कर्ष यही होः तपाईंले प्रार्थना र तयारी गर्नुभएपछि, अब यो परमेश्वरमा भरोसा गर्ने र कदम चाल्ने समय हो ।

आत्मिक भोजनः प्रस्थान २८–२९ यूहन्ना ४:१–१२ भजन ८९:३८–५२ हितोपदेश २६:२३–२६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...