‘पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर ।’ —गलाती ५:१६
हामीमा अहंकार र स्वतन्त्रता यति धेरै छ कि हामी आफ्नै तरिकाले काम गर्न चाहन्छौं । तिनीहरूले हामीलाई समस्यामा पार्छन् । पावल लेख्छन्ः ‘पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर । किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध । तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक–अर्काको विरुद्धमा हुन्छन्’ (पद १६–१७) । ‘पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्’ भन्ने शब्दहरूलाई ध्यान दिनुहोस् । यसमा विजयको चाबी के हो त ? पहिलो, परमेश्वरमा धेरै र आफैमा कम भर पर्नुहोस् । दोस्रो, आफ्नो जीवनमा सीमाहरू स्थापित गर्नुहोस् । यसकारण दैनिक बाइबल अध्ययन धेरै महत्त्वपूर्ण छ । यसले सुरक्षित रहनको लागि तपाईंले के गर्न सक्नुहुन्छ र के नगर्नु असल छ भन्ने कुरा बताएर तपाईंलाई परमेश्वरको सुरक्षाभित्र राख्छ । राजमार्गहरूका दुवै छेउमा रेखाहरू हुन्छन् र बिचमा पनि एउटा रेखा हुन्छ । सवारी साधन चलाउँदा यी रेखाहरूले हाम्रो सुरक्षा गर्छन् । यदि छेउको रेखा पार गरेर जान्छौं भने, हामी खाडलमा पर्ने जोखिममा हुन्छौं । यदि हामीले बिचको रेखा पार गर्यौं भने, हामी विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनसँग ठोकिन सक्छौं । हामी ती रेखाहरूको कदर गर्छौं किनभने तिनीहरूले हामीलाई सुरक्षित राख्छन् । रहाम्रो व्यक्तिगत जीवनमा पनि यस्तै हुन्छ । जब हामीसँग स्पष्ट रूपमा अंकित सीमा रेखाहरू हुन्छन्, हामी धेरै असल महसुस गर्छौं र परमेश्वरको शान्तिको अनुभव गर्छौं । जब परमेश्वरले कुनै थोक नगर भन्नुहुन्छ, उहाँ हामीप्रति कठोर वा अमिल्दो बन्नुभएको होइन, उहाँ त हामीलाई सुरक्षा दिँदैहुनुहुन्छ । तपाईंलाई येशूको बहुमूल्य रगतद्वारा उद्धार गरिएको छ, तपाईं उहाँको नजरमा बहुमूल्य हुनुहुन्छ, र उहाँले तपाईंको लागि उत्तम मात्रै चाहनुहुन्छ ।यसकारण, परमेश्वरमा भरोसा राख्नुहोस् र उहाँले तोकिदिनुभएका सीमारेखाभित्रै रहनुहोस् ।
आत्मिक भोजनः एज्रा ६–८ लूका १०:१३–२४ भजन ७८:९–१६ हितोपदेश १९:२४–२६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



