परमेश्वरलाई आदर गर्नुहोस् अनि उहाँले तपाईंलाई आदर गर्नुहुनेछ

May 5, 2024

‘र त्यो चौथोचाहिँ देवताहरूको पुत्रजस्तै देखिन्छ ।’ —दानिएल ४:२५

एउटा समय आउँछ जब हामीले हाम्रो डरको सामना गर्नुपर्छ अनि हामीलाई जुन कुरा सही छ भन्ने थाहा त्यसको निम्ति अडान लिनुपर्छ । शद्रक, मेशक र अबेद्नगोले त्यही गरे । राजा नबूकदनेसरको मूर्तिलाई दण्डवत् गर्न अस्वीकार गर्दा तिनीहरूले आफ्नो ज्यान जोखिममा पारे । तिनीहरूले यसो भन्दै तर्क गर्न सक्थे, ‘म बाहिरबाट झुक्नेछु, तर भित्रबाट त होइन’ वा ‘त्यो मूर्तिलाई यहोवा हो भन्ने ठान्नेछु ।’ तर तिनीहरूले सही कुराको लागि अडान लिए, अनि त्यसले आश्चर्यकर्महरूको लागि अवसर सृजना ग¥यो । ‘त्यसपछि राजा नबूकदनेसरले आश्चर्यचकित हुँदै उफ्रेर आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन् र ?” उनीहरूले जवाफ दिए, “निश्चय नै हो, महाराज ।” उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँडिरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन्, र त्यो चौथोचाहिँ देवताहरूको पुत्रजस्तै देखिन्छ”’ (पद २४–२५) । जब तपाईंले आपूmलाई बचाउन नसकिने परिस्थितिमा राख्नुहुन्छ, यसले परमेश्वरलाई हस्तक्षेप गर्ने अवसर दिन्छ । तर यदि शद्रक, मेशक र अबेद्नगोले मूर्तिलाई दण्डवत् गरेका भए, (१) उनीहरूले पदोन्नति पाउने थिएनन्, (२) यहूदीहरूले बेबिलोनी राज्यमा संरक्षित दर्जा पाउने थिएनन्, (३) बेबिलोनमा मूर्तिपूजा जारी रहनेथियो, र (४) नबूकदनेसरले परमेश्वरसँगको जीवन परिवर्तन गर्ने जम्काभेटको अनुभव गर्नपाउने थिएनन् । ‘नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना दूतलाई पठाउनुभएर आफ्ना सेवकहरूलाई छुटकारा दिनुभयो । तिनीहरूले उहाँमाथि विश्वास गरे…यसरी कुनै पनि अर्को देवताले बचाउन सक्दैनन् ।” त्यसपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए’ (पद २८–३०) । यसकारण यो कुरा निश्चय नै बुझिराख्नुहोस् कि आज परमेश्वरको आदर गरेर, तपाईंले आफैलाई उहाँबाट आशिष् र आदर प्राप्त गर्ने स्थानमा राख्दैहुनुहुन्छ ।

आत्मिक भोजनः गलाती ५:२२ लूका ६:२७–३६ प्रस्थान २३:१–९ रोमी १२:१४–२१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...