‘उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लंगै देखिएको छ ।’ —रोमी १:२०
नयाँ करारमा ‘चेला’ भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ ‘सिक्ने व्यक्ति’ हो । परिभाषा अनुसार नै, एक चेला त्यो हो जसले कहिल्यै सिक्न छोड्दैन । उसले परमेश्वरले उसलाई ऋण स्वरूप दिनुभएका सयौँ अर्ब मस्तिष्क कोशिकाहरूको सक्दो उपयोग गर्छ । उसले मागिरहन्छ, खोजिरहन्छ र ढकढक्याइरहन्छ (हेर्नुहोस् मत्ती ७:७) । इटालिएन चित्रकार लियोनार्दो दा भिन्ची जहाँ गए पनि आफूसँग एउटा नोटबुक लिएर जान्थे । कसैले अनुमान गरेका छन् कि उनले आफ्नो इच्छापत्रमा चित्रकार फ्रान्सेस्को मेल्जीलाई चौध हजार पृष्ठका नोटहरू छोडेका थिए । तिनका लगभग सात हजार पाना अझै छन् । बिल गेट्सले १९९४ मा (३ करोड ८ लाख डलरमा त्यसबाट १८ पृष्ठहरू किनेका थिए । दा भिन्चीले पानाहरूमा मानव शरीरका भित्री भागदेखि वनस्पति विज्ञानसम्म, चित्रकलादेखि दर्शनशास्त्रसम्म विविधता थियो । एउटा कुराले उनलाई असाधारण बनायो कि उनले तीमध्ये धेरैलाई मिरर राइटिङ भन्ने प्रविधि अर्थात् ऐनामा हेर्दा मात्रै पढ्न सकिने गरी लेखिएका थिए । उनले उल्टो तरिकाले लेखे ताकि शब्दहरू ऐनामा प्रतिबिम्बित हुँदा मात्र पढ्न सकियोस् । मे २, १५१९ मा आफ्नो मृत्यु हुनुअगिको अन्तिम दिनहरूमा, लियोनार्दोले ‘यति धेरै अधुरो छोडेकोमा’ परमेश्वर र मानिसहरूसँग माफी मागे । अनि उनले आफ्नो मृत्युको दिनसम्म सिक्न जारी राख्ने संकल्प गरे । आफ्नो मृत्युशैयामा पनि, लियोनार्र्दोेले आफ्नो रोगको प्रकृति र लक्षणहरू वैज्ञानिक रूपमा हेर्दै र बताउँदै थिए । त्यसकारण, कहिल्यै पनि सिक्न नछोड्नुहोस्, किनकि जब तपाईंले सही कारणहरूको लागि यसो गर्नुहुँदा यसले परमेश्वरको महिमा गर्छ । अनि सही कारण चाहिँ उहाँलाई चिन्नु हो ताकि तपाईंले उहाँलाई अझ बढी प्रेम गर्न सक्नुभएको होस् ।तपाईं भोलि मर्नुहुनेछ भनेझैँ गरी जिउनुहोस्– तर सधैँभरि बाँच्नुहुनेछ भनेझैँ गरी सिक्नुहोस् । आखिर, उद्धार पाएको परमेश्वरको सन्तानको रूपमा, तपाईंले सदाको लागि जिउनुहुनेछ ।
आत्मिक भोजनः यर्मिया १४–१७ मत्ती २८:११–१५ भजन ६९:१–१८ हितोपदेश ८:२७–२९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



