‘परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ ।’ —१ कोरिन्थी २:१०
बाइबलले भन्दछ, ‘“आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ’ (पद ९–१०) । हामीले हाम्रा पाँच इन्द्रियहरूद्वारा बुझ्न नसक्ने कुराहरूका सन्दर्भमा ंपवित्र आत्माले हाम्रा सीमितामा पूरा गरिदिनुहुन्छ । यसकारण उहाँलाई छैठौँ इन्द्रियका रूपमा विचार गर्न सकिन्छ । त्यो इन्द्रिय गोडमेल गरिनुपर्छ, परिपक्व बनाइनुपर्छ र माझिनुपर्छ । अनि त्यो तब मात्र हुन सक्छ जब हामीले धर्मशास्त्रमा मनन गर्न र प्रार्थनामा परमेश्वरसँग संगतिमा समय बिताउँछौं । जबसम्म हामी पवित्र आत्माद्वारा जागृत तुल्याइँदैनौं, हामीलाई परमेश्वरको कति खाँचो छ भन्ने कुरा हामी बुभ्mन सक्दैनौँ अनि हाम्रो वरिपरि चलिरहेको आत्मिक युद्ध र परमेश्वरले हाम्रो वरिपरि के गरिरहनुभएको छ भन्ने बारे अन्जान रहन्छौँ । एक रात याकूबले सपना देखे जसमा परमेश्वर उनीकहाँ देखा पर्नुभयो र भन्नुभयो, ‘म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु’ (उत्पत्ति २८:१५) । भोलिपल्ट बिहान उठ्दा, याकूबले भने, ‘निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ र यो मलाई थाहा थिएन…यो त परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ । यो त स्वर्गको ढोका पो रहेछ ¤’ (उत्पत्ति २८:१६–१७) । याकूब त्यही ठाउँमा सुते र ब्युँझिए तर उनी अर्कै व्यक्ति भएर ब्युँझिए । त्यसरी ब्युँझिएपछि, याकूबले जता हेर्दा पनि परमेश्वरलाई देखे । आज एक आत्मिक प्रकाशका लागि परमेश्वरसँग बिन्ती गर्नुहोस् । यस्तो प्रार्थना गर्नुहोस्, ‘प्रभु, तपाईंले मैले के देखेको चाहनुहुन्छ मलाई देखाउनुहोस्, तपाईं मैले के जानेको चाहनुहुन्छ मलाई सिकाउनुहोस्, मलाई तपाईंको सिद्ध इच्छाको मार्गमा पाइला–पाइला अगाडि बढाउनुहोस् ।’ परमेश्वरले यस्तो प्रार्थनाको जवाफ दिनुहुनेछ ¤यसरी तपाईंले परमेश्वरको उपस्थिति अनुभव गर्न र देख्न सक्नुहुनेछ ।
आत्मिक भोजनः दानिएल १–२ मत्ती ६:१९–३४ भजन ८१ हितोपदेश २:११–१५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



