परमेश्वरलाई शंका नगर्नुहोस्

Feb 22, 2024

‘जबसम्म म…देख्दिनँ…तबसम्म म विश्वास गर्नेछैनँ ।’ —युहन्ना २०:२५

यूहन्नाले लेखेका छन्ः ‘येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन ्। यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्यौँ ।” तर तिनले उनीहरूलाई भने, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्दिन, उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म विश्वास गर्नेछैनँ ।” आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए । थोमा पनि तिनीहरूसँग थिए । ढोकाहरू बन्द थिए तर येशू भित्र प्रवेश गर्नुभयो र माझमा उभिनुभयो…तब उहाँले थोमालाई भन्नुभयो, “तिम्रो औँला यहाँ राख र मेरा हातहरू हेर । तिम्रो हात बढाएर मेरो कोखामा हाल । शंका नगर, तर विश्वासी होऊ ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर । ”’ (पद २४–२८) । येशूले आफ्नो चेला हुनको लागि एक जना शंका गर्ने व्यक्तिलाई छान्नुभयो । अनि जब उनले शंका गरे, येशूले उनको निन्दा गर्नुभएन र उनलाई खारेज गर्नुभएन । वास्तवमा उहाँले उनको शंका समाधान गर्न र उनको विश्वास निर्माण गर्न एउटा विशेष उपस्थिति जनाउनुभयो । लेखिका एलिजाबेथ इलियटले भनेकी छिन्, ‘साँचो विश्वासले तब मात्र काम गर्न सुरु गर्छ जब त्यहाँ कुनै जवाफ हुँदैन ।’ परमेश्वर भन्नुहुन्छ, ‘मेरा विचारहरू तिमीहरूका विचार होइनन्’ (यशैया ५५:८) । सत्यता के हो भने, परमेश्वरले हामीले जस्तो सोच्नुहुन्न । उहाँले समग्र तस्बिर देख्नुहुन्छ, र उहाँले एउटा विशेष लक्ष्यतर्फ काम गर्नुहुन्छ । येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ’ (यूहन्ना १६:१२) । त्यसकारण जब तपाईं आपूmले शंका गरेको पाउनुहुन्छ, यस्तो प्रार्थना गर्नुहोस्ः ‘हे प्रभु, जब म दुःखी हुन्छु र अलमलमा हुन्छु अनि तपाईं मौन हुनुहुन्छ, विश्वास गर्न सजिलो छैन । थोमा जस्तै, तपाईंले मलाई प्रेम गर्नुहुन्छ भन्ने म प्रमाण चाहन्छु । शान्ति र सहजताको मेरो चाहनाभन्दा परसम्म, मेरा शंकाहरू र अनुत्तरित प्रश्नहरूभन्दा परसम्म देख्न र तपाईंको अचूक प्रेम र अनुग्रहको सत्यता बुझ्न मलाई सहायता गर्नुहोस् ।’यसरी तपाईंले शंका हटाएर परमेश्वरमा भरोसा राख्न सिक्नुहुनेछ ।

आत्मिक भोजनः १ राजा ३–५ मत्ती १५:१५–३९ भजन ३३:१३–२२ हितोपदेश ५:१५–२०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...