परमेश्वरले आफ्नो इच्छा पूरा गर्न किन कमजोर मानिसहरूलाई छान्नुहुन्छ ?

Aug 28, 2024

परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो ।’ —१ कोरिन्थी १:२७

यसको उत्तर होः किनभने परमेश्वरले काम गर्नुपर्ने एक मात्र प्रकारका मानिसहरू कमजोर मानिसहरू नै हुन् ¤ परमेश्वरसँग मोशाको सम्बन्धलाई यी उल्लेखनीय शब्दहरूमा वर्णन गरिएको छः ‘परमप्रभु मोशासित यसरी आमने–सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आप्mना मित्रसित कुरा गर्दछ’ (प्रस्थान ३३:११) । त्यसोभए, के मोशा सिद्ध थिए त ? कत्ति पनि होइन । उनले आफ्नो जीवनको पहिलो चालीस वर्ष फारोको दरबारमा राजकुमारको रूपमा बिताए, र अर्को चालीस वर्ष उजाडस्थानमा गोठालोको रूपमा बिताए । बाइबलले तिनको वैवाहिक जीवनको तनाव र तिनको दबाव र निराशाको समयबारे बताउँछ । द टेन कमान्डमेन्ट्स अर्थात् दश आज्ञा नामक चलचित्रमा अग्ला, सुन्दर र स्पष्ट बोल्न सक्ने अभिनेता चाल्र्टन हेस्टनले मोशाको अभिनय गरेका छन् । तर मोशा वास्तवमा एक कमजोर, लज्जालु वक्ता थिए जो नअकमकाई दुई शब्द बोल्न सक्दैनथे पृथ्वीको सबैभन्दा डरलाग्दो तानाशाहको सभामा बोल्ने त कुरै छोडिदिऊँ । बाइबलले इस्राएलीहरूलाई एउटा ‘समुदाय’ भनी वर्णन गर्दछ जसले मोशालाई पास्टर बनायो । अनि कुनै पनि पास्टरले चर्चमा तिनले भन्दा बढी समस्या सामना गर्नुपरेन । तपाईंले भन्नुहोला, ‘किन मोशाका कमजोरीहरूको कुरा ल्याउनुहुन्छ ?’ तपाईंलाई प्रोत्साहन दिन ¤ तपाईंलाई थाहा दिनको लागि कि तपाईंका त्रुटिहरूले तपाईंलाई अयोग्य बनाउँदैन अनि तपाईंका सीमितताहरूले परमेश्वरले तपाईंमार्फत जे गर्न सक्नुहुन्छ त्यसलाई सीमित गर्दैनन् । पावलले यस्तो लेखेका छन्ः ‘किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ ? सो विचार गर । सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ । तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो…यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्’ (१ कोरिन्थी १:२६–२७, २९) ।हामी सबै कमजोर नै छौं, यसकारण परमेश्वरले आफ्नो इच्छा पूरा गर्न कमजोर मानिसहरूलाई छान्नुहुन्छ भन्ने कुराले हामीलाई उत्साह दिन सकोस् ।

आत्मिक भोजनः २ इतिहास २९–३१ लूका १७:२०–३७ भजन ११९:१३७–१४४ हितोपदेश २२:११–१३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...