परमेश्वरले काम गरिरहनुभएको छ

Nov 16, 2024

‘ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु ।’ —फिलिप्पी ३:८

परमेश्वरले काम गरिरहनुभएको छ तपाईंले ख्रीष्टमा आफ्नो जीवन समर्पित गर्नुअगि तपाईंले पश्चात्ताप गर्नुपर्ने कुराहरूसहित तपाईंले भोग्नुभएका अनुभवहरूलाई छुटकारा दिन सकिन्छ र असल कामका लागि प्रयोग गर्न सकिन्छ । पावलले दमस्कसको बाटोमा ख्रीष्टलाई भेट्नुअगि, उनको जीवन पुरानो करारको व्यवस्थाको अध्ययनमा समर्पित थियो । ‘म इस्राएल जातिको, बेन्यामीन कुलको हूँ , हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हूँ (५–६) । पछाडि फर्केर हेर्दा, पावलले फरिसीको रूपमा आफ्नो वर्षौंको अध्ययन खेर गएको जस्तो लाग्न सक्छ । तर यहूदीहरूलाई कसरी ख्रीष्ट पुरानो करारको धर्मशास्त्रको पूर्णता हुनुहुन्थ्यो भन्ने कुरा देखाउन परमेश्वरले उनलाई तयार गर्नुभएको थियो । हामीले ख्रीष्टलाई मुक्तिदाताको रूपमा नचिनेको दिनसम्म परमेश्वरले हाम्रो जीवनमा काम गर्न थाल्नुहुन्न भन्ने सोचाइको पासोमा फस्न सजिलो छ । धर्मशास्त्रले बताउँछ कि उहाँले हामीलाई ‘पहिलेबाटै चिन्नुभएको छ’ अर्थात् हामीले उहाँलाई भेट्नुभन्दा धेरै अगि नै उहाँले हामीलाई चुन्नुभयो र तयार गर्नुभयो (रोमी ८:२९–३० हेर्नुहोस्) । दाऊद भन्छन् कि परमेश्वरले आफ्नो जीवनका सबै दिनहरू कहिल्यै आउनुअगि लेख्नुभयो (हेर्नुहोस् भजन १३९:१६), र यो तपाईंको लागि सत्य हो । तपाईंलाई थाहै नभए तापनि परमेश्वरले तपाईंको जीवनमा काम गरिरहनुभएको छ । तपाईंले उहाँले काम गर्नुभएको देख्न नसक्नुहोला, तथापि उहाँ सधैं तपाईंभित्र सक्रिय हुनुहुन्छ र उहाँको इच्छाअनुसार तपाईंलाई काम गर्न लगाइरहनुभएको हुन्छ । ‘किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ’ (फिलिप्पी २:१३) ।‘के परमेश्वरल काम गरिरहनुभएको छ ?’ भन्ने प्रश्नलाई विश्वासले यस्तो घोषणा गर्ने कथनमा परिवर्तन गरिदिन्छः ‘परमेश्वरले काम गरिरहनुभएको छ ’

आत्मिक भोजनः रोमी १२–१४ यूहन्ना ११:१–१६ भजन १०५:१–१५ हितोपदेश ३०:१–४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...