‘कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ ।’ — हितोपदेश २५:२
हाम्रा सृष्टिकर्ता आफैँ परमेश्वरको बारेमा केही कुरा प्रकट गर्ने कुनै पनि विषय जुन हामीले चासो लिनुपर्छ । धर्मशास्त्र आफँैमा परमेश्वरको लिखित प्रकाशको रूपमा वर्गीकृत छ । तर गणितले पनि परमेश्वरको व्यक्तित्वको एक विशिष्ट आयाम प्रकट गर्दछ । त्यसैगरी कलाले । अनि विज्ञानले पनि । बाइबलले यसो भन्दछः ‘परमेश्वर सोलोमनलाई बुद्धि र अति अन्तर्दृष्टि…दिनुभयो । तिनले तीन हजार हितोपदेश रचे र तिनका गीतहरूको संख्या एक हजार पाँच वटा थियो । तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका वर्णन गरे । तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्तुहरू र माछाहरूका विषयमा पनि सिकाए । सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे’ (१ राजा ४:२९, ३२–३४) । सोलोमन सबै थोकमा चासो राख्थे । अनि उनको ज्ञानको चौडाइले उनलाई यस्तो गहिरो बुद्धि दियो कि ‘सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे ।’ ती मानिसहरूलाई कसले पठायो ? ‘सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूले ।’ परमेश्वरको राज्यको आत्माले भरिएका नागरिकको हैसियतमा, हामीलाई संस्कृतिलाई पन्छाउनका लागि बोलाइएको छैन तर यसलाई सुचित गर्न, निर्देशन गर्न र यसलाई उज्यालो बनाउन बोलाइएको छ । ‘कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ ।’ हाम्रा खोजहरू सामान्य रूपमा अरूले जानेकै कुरा भए तापनि हामीले केही नयाँ कुरा बुभ्mदा वा हामीले केही नयाँ कुराको सामना गर्दा परमेश्वरले त्यो मन पराउनुहुन्छ । हाम्रा छोराछोरीले नयाँ कुराहरू पत्ता लगाउँदा आमाबाबुका रूपमा हामीले जनाउने सामान्य प्रतिक्रिया पनि त्यही होइन र ? जब तपाईं सही प्रश्नहरू सोधिरहनुहुन्छ, परमेश्वरले तपाईंलाई सही उत्तरहरू दिइरहनुहुनेछ ।यसकारण आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन र परमेश्वरको महिमा गर्न उहाँका कार्यमा चासो राख्नु असल हुन्छ ।
आत्मिक भोजनः यर्मिया १०–१३ मत्ती २८:९–१० भजन ३८:१३–२२ हितोपदेश ८:२४–२६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


