परमेश्वरले चाहेको कुरा चाहनुहोस्

Dec 22, 2024

‘राजाले भन्नुभयो, “मबाट तिमी के चाहन्छौ?”’ —नहेम्याह २:४

राजाले नेहेम्याहलाई सोधेका दुई प्रश्नबाट यरूशलेमका पर्खालहरूको पुनर्निर्माण सुरु भयो । पहिलो प्रश्न थियो, ‘तिम्रो अनुहार किन यति उदास देखिन्छ ?’ (पद २ हेर्नुहोस्) । दोस्रो प्रश्न थियो, ‘मबाट तिमी के चाहन्छौ ?’ (पद ४) । नेहेम्याहले जवाफ दिए, ‘मेरा पुर्खाहरू गाडिएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्सिओस्’ (पद ५) । नहेम्याहलाई आपूmले चाहेको कुरा राम्ररी थाह थियो, किनभने उनको आत्मामा यसको लागि जोश थियो । उनले के चाहन्छन् भनी राजाले सोध्दा उनले केही महिनादेखि यसबारे सोचिरहेका थिए र प्रार्थना गरिरहेका थिए । एक जना पास्टरले यस्तो लेखेका छन्ः ‘मानिसको गर्भधारणको क्षण जत्तिकै आश्चर्यजनक कुरा अरू विरलै हुन्छन् । शुक्रकीट अण्डाभित्र पस्छ, अनि तपाईं को बन्नुहुनेछ भनी निर्धारण गर्ने सबै आनुवंशिक विवरण (जस्तै कि अनुहारको विशेषताहरूदेखि व्यक्तित्वका विशेषताहरू) त्यो एकल कोशभित्र समावेश गरिएको हुन्छ र यसले गर्भावस्थाको नौ महिने प्रक्रिया सुरु गर्छ । आपूm गर्भवती भएको थाहा हुनुअगि नै आमाको शरीरले हर्मोनहरू (रसायनहरू) उत्पादन गर्न थाल्छ । बच्चाको मुटु बाइसौं दिनमा धड्कन थाल्छ । चार हप्तामा, त्यो एकल कोशिका दस हजार गुणा ठूलो भइसकेको हुन्छ । करिब ४२ दिनमा, न्यूरोनहरू प्रति सेकेन्ड करिब दश हजार गुणाको आश्चर्यजनक दरले वृद्धि हुन सुरु गर्छन् । दृष्टि नशादेखि श्रवण र श्वासप्रश्वास प्रणालीसम्म सबै कुरा गर्भमा बनिरहेको हुन्छ ।’ अनि परमेश्वरले दिनुभएको दर्शन पनि त्यसैगरी सुरु हुन्छ । यो सानो रूपमा सुरु हुन्छ र नजन्मेसम्म तपाईंभित्र बढ्दै जान्छ । यसैकारण बाइबलले भन्दछ, ‘प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ । त्यसले अन्त्यको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन । त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ’ (हबकूक २:३) । त्यसकारण, तपाईंको लागि आजको वचन छ—परमेश्वरले चाहनुभएको कुरा चाहनुहोस् ।

आत्मिक भोजनः मत्ती ४:१८–२० मत्ती १६:१३–२३ मत्ती २६:६९–७५ यूहन्ना २१:१५–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...