‘राजाले भन्नुभयो, “मबाट तिमी के चाहन्छौ?”’ —नहेम्याह २:४
राजाले नेहेम्याहलाई सोधेका दुई प्रश्नबाट यरूशलेमका पर्खालहरूको पुनर्निर्माण सुरु भयो । पहिलो प्रश्न थियो, ‘तिम्रो अनुहार किन यति उदास देखिन्छ ?’ (पद २ हेर्नुहोस्) । दोस्रो प्रश्न थियो, ‘मबाट तिमी के चाहन्छौ ?’ (पद ४) । नेहेम्याहले जवाफ दिए, ‘मेरा पुर्खाहरू गाडिएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्सिओस्’ (पद ५) । नहेम्याहलाई आपूmले चाहेको कुरा राम्ररी थाह थियो, किनभने उनको आत्मामा यसको लागि जोश थियो । उनले के चाहन्छन् भनी राजाले सोध्दा उनले केही महिनादेखि यसबारे सोचिरहेका थिए र प्रार्थना गरिरहेका थिए । एक जना पास्टरले यस्तो लेखेका छन्ः ‘मानिसको गर्भधारणको क्षण जत्तिकै आश्चर्यजनक कुरा अरू विरलै हुन्छन् । शुक्रकीट अण्डाभित्र पस्छ, अनि तपाईं को बन्नुहुनेछ भनी निर्धारण गर्ने सबै आनुवंशिक विवरण (जस्तै कि अनुहारको विशेषताहरूदेखि व्यक्तित्वका विशेषताहरू) त्यो एकल कोशभित्र समावेश गरिएको हुन्छ र यसले गर्भावस्थाको नौ महिने प्रक्रिया सुरु गर्छ । आपूm गर्भवती भएको थाहा हुनुअगि नै आमाको शरीरले हर्मोनहरू (रसायनहरू) उत्पादन गर्न थाल्छ । बच्चाको मुटु बाइसौं दिनमा धड्कन थाल्छ । चार हप्तामा, त्यो एकल कोशिका दस हजार गुणा ठूलो भइसकेको हुन्छ । करिब ४२ दिनमा, न्यूरोनहरू प्रति सेकेन्ड करिब दश हजार गुणाको आश्चर्यजनक दरले वृद्धि हुन सुरु गर्छन् । दृष्टि नशादेखि श्रवण र श्वासप्रश्वास प्रणालीसम्म सबै कुरा गर्भमा बनिरहेको हुन्छ ।’ अनि परमेश्वरले दिनुभएको दर्शन पनि त्यसैगरी सुरु हुन्छ । यो सानो रूपमा सुरु हुन्छ र नजन्मेसम्म तपाईंभित्र बढ्दै जान्छ । यसैकारण बाइबलले भन्दछ, ‘प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ । त्यसले अन्त्यको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन । त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ’ (हबकूक २:३) । त्यसकारण, तपाईंको लागि आजको वचन छ—परमेश्वरले चाहनुभएको कुरा चाहनुहोस् ।
आत्मिक भोजनः मत्ती ४:१८–२० मत्ती १६:१३–२३ मत्ती २६:६९–७५ यूहन्ना २१:१५–१९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



