परमेश्वरले तपाईंका सम्झनाहरूलाई निको पार्न सक्नुहुन्

Nov 6, 2024

‘अघि–अघिका कुराहरूको सम्झना हुनेछैन, न त ती मनमा आउनेछन् ।’ —यशैया ६५:१७

परमेश्वरले तपाईंका सम्झनाहरूलाई निको पार्न सक्नुहुन्छशैतानलाई ‘दोष लगाउने’ भनिन्छ र उसले तपाईंलाई तपाईंको विगतमा केन्द्रित राख्न प्रयास गर्नेछ । उसले तपाईंलाई हरेक दिन चोट पु¥याउन सक्छ जबसम्म तपाईंले परमेश्वरको क्षमा स्वीकार गर्नुहुन्न, आफैलाई क्षमा गर्नुहुन्न, र अगाडि बढ्नुहुन्न । क्रुसमा, येशूले तपाईंको पाप र लाज दुवै बोक्नुभयो, तर शैतान तपाईंले ती कुराको बोझ बोकिरहनुभएको चाहन्छ । तपाईं जवाफ कहाँ पाउन सक्नुहुन्छ ? यी धर्मशास्त्रहरूमा हेर्नुहोस्ः (१) ‘हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु । अघि अघिका कुराहरुको सम्झना हुनेछैन , तन ती मनमा आउनेछन् (पद १७) । तपाईंले भन्नुहोला, ‘तर त्यो भविष्यमै छ ।’ सत्य कुरा हो । तर बाइबलले बताउँछ कि हामीले पहिले नै ‘आउने युगका शक्तिको स्वाद चाखिसकेका छौं’ (हिब्रू ६:५) र हाम्रो जीवन ‘पृथ्वीमामाथि आकाश रहुञ्जेल’ चिरायु रहन सक्छ (व्यवस्था ११:२१) । (२) ‘बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर । हेर, म एउटा नयाँ कुरो गर्दैछु त्यो अब हुन आउँछ । के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु’ (यशैया ४३:१८–१९) । (३) ‘नडरा, तँ शर्ममा पर्नेछैनस् । अनादरको भय नमान्, तँ होच्याइनेछैनस् । तैंले आफ्नो जवानीपनको लाजलाई भुल्नेछस् र तेरो विधवापनको निन्दा तैंले फेरि कहिल्यै सम्झनेछैनस्’ (यशैया ५४:४) । तपाईंले भन्नुहोला, ‘म नसम्झी रहनै सक्दिनँ ’ हो तपाईंले सक्नुहुन्छ प्रेरित बन्नुभन्दा अघि इसाईहरूलाई मार्ने र कैद गर्ने पावलले यसो भनेका छन्ः ‘म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अगि बढ्दछु’ (फिलिप्पी ३:१३–१४) । परमेश्वरले तपाईंका सम्झनाहरू स्वस्थ तुल्याउन सक्नुहुन्छ, त्यसैकारण त्यो प्रक्रिया सुरु हुन दिनुहोस् ।

आत्मिक भोजनः यशैया ४५–४८ यूहन्ना ८:२१–३० भजन ८६ हितोपदेश २८:२१–२४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...