तिमीहरूका त शिरका केशसमेत गनिएका छन् ।’ -लूका १२ :७
यदि तपाईं परमेश्वर कति बुझ्न नसकिने महान् हुनुहुन्छ भनेर जान्न चाहनुहुन्छ भने, यो पढ्नुहोस् मेरो हातले पृथ्वीको जग बसालेको छ, र मेरो दाहिने हातले आकाश फैलाएको छ’ (यशैया ४८ :१३) । के त्यस्ता परमेश्वरले तपाईंको दैनिक दुःख र कष्टहरूको वास्ता गर्न सक्नुहुन्छ ? हो । के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् ? तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न । तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन् । यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढी मोलका छौ’ (लूका १२ :६-७) । परमेश्वरले भँगेराहरूलाई मूल्यवान ठान्नुहुन्छ- तपाईंलाई थाहा भएभन्दा बढी । उहाँले तिनीहरूलाई खुवाउनुहुन्छ, अनि तिनीहरूलाई गुडका लागि रुख र हाँगाबिँगा र जोडीका लागि अन्य भँगेराहरू पनि उपलब्ध गराउनुहुन्छ । उहाँ तिनीहरूको यति धेरै वास्ता गर्नुहुन्छ कि उहाले हरेक क्षण तिनीहरूका खाँचोमा उपलब्ध गराउनुहुन्छ । अनि तपाईंको बारेमा नि ? तिमीहरूका त शिरका केशसमेत गनिएका छन् ।’ जब तपाईं कसैको वास्ता गर्नुहुन्छ, तपाईंले विवरणहरू अवलोकन गर्नुहुन्छ । जब कुनै बच्चा जन्मन्छ, आमाबाबुले पहिलो पटक उसका हात र खुट्टाका साना औंलाहरू देख्दा के गर्छन् ? तिनीहरूले तिनलाई गन्छन् । वर्षौंपछि, प्रत्येक पटक त्यो बच्चा घर आउँदा, यदि तिनीहरूले ती हात वा खुट्टाका दश औंलाहरू मध्ये एउटा गुमेको छ भने, आमाबाबुले त्यो कुरा देख्छन् । असिद्ध अभिभावकहरूले पनि यसो गर्छन् । येशूले यसो भनिरहनुभएको थियो, परमेश्वरले तिमीहरूका हातखुट्टाका औंलाहरू मात्रै गन्नुहुन्न । उहाँले तिमीहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले तिमीहरूका शिरका केश पनि गन्नुहुन्छ । उहाँले तिनीहरूको संख्या गन्नुहुन्छ । उहाँले तिनीहरूको रंग याद गर्नुहुन्छ । हितोपदेश १६ :३१ ले हामीलाई बताउँछ, फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ’ । परमेश्वरले तपाईंलाई कति प्रेम गर्नुहुन्छ अनि तपाईंको जीवनका विवरणहरूसहित तपाईं उहाँको निम्ति कति महत्त्वपूणर् हुनुहुन्छ भन्ने कुरा क्रुसले प्रमाणित गर्छ ।यसकारण आज तपाईंले उहाँमा भरोसा गर्न सक्नुहुन्छ ।
आत्मिक भोजनः यहोशू १४-१५ लूका २० :१-८ भजन १४२ हितोपदेश २३ :७-९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



