परमेश्वरले तपाईंको लागि यो भन्दा बढी के गर्न सक्नुहुन्थ्यो र ?

Jun 21, 2024

‘मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्ने थियो ?’ —यशैया ५:४

लेखक ब्रेनन म्यानिङले उनलाई ‘ब्रेनन’ नाम कसरी प्राप्त भयो भन्नेबारे यस्तो कथा बताएका छन् । हुर्कने क्रममा, उनको सबैभन्दा मिल्ने साथी रे थियो । तिनीहरू दुवैले सबै थोक सँगसँगै गर्थेः किशोरावस्थामा सँगै एउटा कार किने, सँगै डेटिङ गरे, सँगै विद्यालय गए, र यस्तै अरू काम गरे । तिनीहरू सेनामा पनि सँगै भर्ती भए, सँगसँगै बुट क्याम्प अर्थात् सुरुआतको कठोर तालिममा गए, अनि अग्रमोर्चामा सँगसँगै लडे । युद्धकै क्रममा एक रात, खाडलमा बसिरहँदा ब्रेननले ब्रुकलिनका पुराना दिनहरूको सम्झना गर्दै थिए जब उनका साथी रेले चकलेट खाँदै सुन्दैथियो । अचानक तिनीहरू बसेको खाडलमा एउटा ग्रिनेड खस्यो । रेले ब्रेननलाई हेरेर मुस्कुरायो, आफ्नो चकलेट फालिदियो अनि त्यो ग्रिनेडमाथि हामफाल्यो । त्यो विस्फोट भयो, रे म¥यो तर ब्रेननको ज्यान जोगियो । पछि गएर ब्रेननलाई पास्टरको रूपमा नियुक्त गरियो र त्यस बेला पास्टर नियुक्त हुने व्यक्तिले एक जना सन्तको नाम अपनाउने चलन थियो । उनले आफ्नो साथी रे ब्रेननको बारेमा सोचे र ‘ब्रेनन’ नाम रोजे । वर्षौंपछि, उनले ब्रुकलिनमा रेकी आमालाई भेट्न गए । उनीहरू एक रात अबेरसम्म चिया पिउँदै बसिरहेका थिए, जब ब्रेननले तिनलाई सोधे, ‘के तपाईंलाई रे मलाई माया गर्थे जस्तो लाग्छ ?’ श्रीमती ब्रेनन सोफाबाट उठिन् अनि उनको अनुहारमै हात हल्लाउँदै चिच्याइन्, ‘उसले तिम्रो लागि योभन्दा बढी के गर्न सक्थ्यो ?’ ब्रेनन भन्छन् कि ठिक त्यही बेला उनले नयाँ प्रकाश अनुभव गरे । उनले आफूलाई येशूको क्रुसको अगाडि उभिरहेको र ‘के परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ ?’ भन्ने सोचेको कल्पना गरे । अनि येशूकी आमाले आफ्नो छोरालाई देखाउँदै यसो भनिरहेकी थिइन्, ‘उहाँले तिम्रो लागि त्योभन्दा बढी के गर्न सक्नुहुन्थ्यो र ?’ जब येशूले ‘सिद्धियो’ भन्नुभयो, तपाईंको मुक्तिको मूल्य पूरै तिरियो ।यसकारण प्रश्न यहाँ छ– के तपाईं आज उहाँलाई आफ्नो मुक्तिदाता र प्रभुको रूपमा स्वीकार गर्नुहुन्छ ?

आत्मिक भोजनः इजकिएल ४६–४८ लूका १:५७–६६ भजन १३९:७–१२ हितोपदेश १५:२८–३०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...