आफ्नोमन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो ।’ —भजन १८:६
के तपाईंले पराजय र विफलताको श्रृंखला भोग्नुभएको छ ? आपूmमाथिका आक्रमणहरू लामा र थकाइलाग्दा भएको कारण के तपाईं निरुत्साहित हुनुहुन्छ ? भजनकार दाऊदका यी शब्दहरू पढ्नुहोस् र तिनीहरूमा खडा हुनुहोसः ‘हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु । मेरो आपत्मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्ति मेरा परमेश्वरलाई हपारें । आफ्नोमन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो । उहाँले माथिबाट आफ्नोबाहुली पसारेर मलाई समात्नुभयो । उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो । मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो । उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो । मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो…परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ । उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्छ । किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र ? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र ? उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्तै तुल्याउनुहुन्छ, र उच्च स्थानमा खडा हुन मलाई सक्षम बनाउनुहुन्छ’ (पद १, ६, १६, १८–२०, ३०–३२) । तपाईंले यो वचन पहिले पनि सुन्नुभएको छ, र के गर्ने भन्ने कुरा तपाईंलाई थाहा छ – प्रार्थनामा र उहाँको वचन पढेर परमेश्वरसँग अझै धेरै समय बिताउनुहोस् ¤ आफ्नै बलमा प्रयास गर्नुको सट्टा, परमेश्वरसँग जोडिनुहोस् र उहाँको शक्ति प्राप्त गर्न सुरु गर्नुहोस् । तपाईंको जीवनको सिंहासनमा को छ भनेर जाँच गर्नुहोस् र हेर्नुहोस् । यदि परमेश्वरबाहेक अरू कोही छ भने, चाहे त्यो तपाईं नै किन नहुनुहोस् त्यो मूर्ति हो जसलाई हटाइनुपर्छ । यो लडाइँ कहिलेसम्म चल्नेछ ? परमेश्वर जान्नुहुन्छ, अनि तपाईंले सामना गर्नुहुने आक्रमणलाई उहाँले प्रदान गर्नुभएको महान् अनुग्रहभन्दा ठूलो हुन उहाँले कहिल्यै पनि अनुमति दिनुहुनेछैन । आज उहाँले तपाईंलाई भनिरहनुभएको छ, ‘मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ’ (२ कोरिन्थी १२:९) ।
आत्मिक भोजनः १ इतिहास ४:२४–५:२६ लूका ११:४५–५४ भजन ११९:१–८ हितोपदेश २०:१५–१८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


