परमेश्वरले तपाईंलाई दिनुभएको वरदान प्रयोग गर्नुहोस्

Apr 18, 2024

‘परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अँग मिलाएर राखिदिनुभएको छ ।’ —१ कोरिन्थी १२:१८

एक जना आदरणीय बाइबल शिक्षक यसो भन्छन्ः ‘मेरो परिवार धेरै ठूलो भएको कारण हामी कसको लागि उपहारहरू किन्ने भनेर नाउँमा चिठ्ठा हाल्छौँ । एउटा क्रिसमसको समय जब मैले मेरो उपहार खोलेँ, म निराश भएँ …त्यसपछि मैले मेरो जुम्ल्याहा भाइलाई हेरेँ जसले दुई वटा सुन्दर उपहार पायो । मेरो निराशा महसुस गर्दै, मेरी पत्नी मकहाँ आइन् र भनिन्, ‘चिन्ता नगर्नुहोस् । हामी घर पुगेपछि, तपाईँलाई मन पर्ने कुनै थोकसँग यसलाई साट्नेछौँ । ख्रीष्टको शरीरमा पनि त्यस्तै हुन्छ । हामी परमेश्वरले हामीलाई दिनुभएका उपहारहरू खोल्छौँ अनि अर्कोले के पाएछ भनी हेर्न तत्काल दौडन्छौँ…जब हामी हाम्रा उपहारहरू हेर्छौँ…हामी दुःखी हुनछौँ…र तत्काल यस्तो सोच्छौँ…“मलाई थाहा छ…म यसलाई योभन्दा राम्रो कुनै कुरासँग साट्नेछु ।”त्यसकारण त त्यहाँ आफैलाई प्रेरित वा अगमवक्ता वा शिक्षक भन्दै दौडने व्यक्तिहरू छन्…तिनीहरू वरदानहरू साट्दैछन् ।’ परमेश्वरले तपाईँलाई के उपहार दिनुहुन्छ, त्यो कुरा तपाईँले निर्णय गर्न पाउनुहुन्न । परमेश्वरले ‘आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनुभएको छ ।’ कहिलेकहीँ तपाईंलाई आफ्नो वरदान चिन्न र त्यसलाई प्रयोग गर्न वषौँ लाग्छ । अर्को व्यक्तिको वरदानको लालच गर्नुको सट्टा, आफ्नै वरदानको लागि धन्यवादी हुनुहोस् र सकेसम्म धेरै मानिसहरूलाई आशिष् दिनको लागि यसलाई प्रयोग गर्न परमेश्वरसँग बिनती गर्नुहोस् । अनि तपाईंसँग यसको बारेमा प्रश्नहरू छन् भने, धर्मशास्त्रमा खोजी गर्नुहोस् । पावल भन्छन्, ‘किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्’ (रोमी ११:२९)† ‘हामीलाई दिइएको अनुग्रहअनुसार अलग–अलग वरदानहरू हामी प्रयोग गरौं’ (रोमी १२:६)† ‘तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमकोे’ (१ कोरिन्थी ७:७)† ‘यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन् । उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ’ (१ कोरिन्थी १२:११) । त्यसकारण, परमेश्वरले तपाईंलाई दिनुभएको वरदान प्रयोग गर्नुहोस् ।

आत्मिक भोजनः प्रेरित ३:११–५:४२ मर्कूस ३:१३–१९ भजन १२७ हितोपदेश १०:१९–२१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...

Influenced by the Message of Hope

We received the following testimonies from the team in Nepal about how people are being influenced and encouraged by the daily devotion. Greetings I...

For Preparing and Saving

For Preparing and Saving

We received the following Testimonies from Tomu who leads UCB Fiji... A PASTORS SERMON I've also received word that a local pastor of a Methodist...