परमेश्वरले तपाईंलाई प्रयोग गर्न सक्नुहुन्छ

Sep 21, 2024

मलाई सामथ्र्य दिनुहुने ख्रीष्ट येशू हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो ।’ -१ तिमोथी १ :१२

चर्चको इतिहासमा सबैभन्दा ठूला मिसनरीहरू मध्ये एक मेरी स्लेसर थिइन्, यद्यपि सुरुमा उनी सबैभन्दा कम सम्भावना भएकी उम्मेद्वारको रुपमा देखिन्थन् । तिनका बाबुको रक्सी पिउने समस्याको कारण, एघार वर्षीया मेरीले कारखानामा बाह्र घण्टा काम गर्थिन् र आफ्नो परिवारको खर्चका लागि सहायता गर्थिन् । उनले काम गर्दागर्दै आफ्नो चर्खामा किताबहरू राख्न सक्ने कुरा पत्ता लगाइन् । जब तिनले कालाबार (आधुनिक नाइजेरिया) को बारेमा पढ्दैथिइन्, त्यहाँ मिसनरीको रूपमा जानुपर्छ भन्ने कुरामा मेरी विश्वस्त भइन् । सन् १८७६ मा, तिनले एस.एस. इथियोपिया नामक पानी जहाजबाट पश्चिम अफ्रिकाको लागि यात्रा सुरु गरिन्, जुन जहाजमा हिृवस्कीका सयौं ब्यारेलहरू पनि राखिएका थिए । रक्सीले आफ्नो परिवारलाई कसरी हानि पुर्याएको थियो भन्ने कुरा सम्झँदै तिनले भनिन्, हिृवस्कीका धेरै ब्यारेलहरू, तर एक जना मात्रै मिसनरी ।’ तर कस्तो मिसनरी त्त् मेरी एक डुलुवा प्रचारक, बालबालिका रेखदेख गर्ने व्यक्ति, नर्स, गाउँले शिक्षक र सम्वादकर्ताको संयोजन थिइन् जसले एक्लै सुसमाचार प्रचार गरेर तीन वटा मूर्तिपूजक क्षेत्रहरूलाई रूपान्तरण गरिन् । तिनले जनजाति युद्धलाई पन्छाएर सयौंको संख्यामा महिला र बालबालिकालाई बचाइन् । परमेश्वरले तिनलाई सक्षम बनाउनु भएअनुसार तिनले चालीस वर्षसम्म परिश्रम गरिन् । परमेश्वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न मन पराउनुहुन्छ जसलाई संसारले बेवास्ता गर्छ वा त्याग्छ । मेरी स्लेसर तीमध्ये एक थिइन् । पावल पनि त्यस्तै थिए । आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो । अगाडि मैले निन्दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ । ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो’ (पद १२-१४) । यसकारण, मेरी स्लेसरलाई प्रयोग गर्नुहुने परमेश्वरले यदी तपाईले आफ्नो जीवन उहाँमा समर्पण गर्नुभयो भने तपाईलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

आत्मिक भोजनः जकरिया १-४ लूका २२ :६३-७१ भजन ३ हितोपदेश २४ :२३-२५

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...