परमेश्वरले तपाईंलाई साना कुरामा जाँच्नुहुनेछ

Jun 25, 2024

‘तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु ।’ —मत्ती २५:२१

तपाईंका दयाका साना कामहरूलाई अरू मानिसहरूले बेवास्ता गर्न सक्छन् तर परमेश्वरले तिनीहरूलाई देख्नुहुन्छ । अनि तिनीहरूले तपाईंले कहिल्यै कल्पना नगर्नुभएको तरिकामा तपाईंलाई पुरस्कृत गर्न सक्छन् । योसेफको मामला विचार गर्नुहोस् । आफ्ना दाजुहरूद्वारा धोका पाएका र आफ्नो मालिककी पत्नीद्वारा झूटो आरोप लगाइएका उनी तेह्र वर्ष झ्यालखानमा पर्छन् । यदि कुनै व्यक्तिलाई जीवन र परमेश्वरप्रति तीतो बन्ने कारण थियो भने, त्यो उनी नै हुने थिए । तर आत्म–दयामा पर्नुको सट्टा, उनले अरूका आवश्यकताहरूमा ध्यान केन्द्रित गरे । योसेफका दुई जना झ्यालखानाका साथीहरू थिएः एक जना दाखमद्य टक्रयाउने र अर्को खाना बनाउने व्यक्ति जसले फारोको दरबारमा काम गरेका थिए, जोसँग राजा असन्तुष्ट भएका थिए र दुवै जना योसेफसँगै झ्यालखाना परेका थिए । बाइबलले के भन्छ ध्यान दिनुहोस्ः ‘बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे’ (उत्पत्ति ४०:६) । परमेश्वरले योसेफलाई मिश्रदेशको हेरचाह गर्न अनुमति दिनुभन्दा पहिले, उनले आफ्ना सँगीकैदीहरूको हेरचाह गरेको उहाँले हेर्नुभयो । फलस्वरूप, जब तिनीहरूमध्ये एक जनालाई राजाले फेरि निगाह देखाए, उसले योसेफलाई आफ्नो आवश्यकता पूरा गर्न योग्य व्यक्तिको रूपमा फारोकहाँ सिफारिस ग¥यो । परमेश्वरको लागि दया महत्वपूर्ण छ । जब तपाईंले कुनै खाँचो देख्नुहुन्छ, त्यसलाई पूरा गर्ने प्रयास गर्नुहोस् । यदि तपाईं ठूला कामहरू गर्ने सपना देख्नुहुन्छ भने असल भावनाबाट साना कामहरू सुरु गर्नुहोस् । समयमा आइपुग्नुहोस् । आफ्नो काम चाँडै पूरा गर्नुहोस् । गनगन नगर्नुहोस् । जब तपाईंलाई कुनै काम दिइन्छ, त्यसलाई लिनुहोस् अनि परमेश्वरले तपाईंलाई त्यसको लागि इनाम दिनुहुनेछः ‘मालिकले त्यसलाई भने, “स्याबास, असल र विश्वासी नोकर तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुशीमा सहभागी हो”’ (मत्ती २५:२१) ।यसकारण परमेश्वरको जाँचमा सफल बन्न, इमानदारीतासाथ काम गर्नु आवश्यक छ ।

आत्मिक भोजनः २ कोरिन्थी ९:१–११:१५ लूका २:८–२० भजन १४४:९–१५ हितोपदेश १६:४–७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...