‘परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस् ।’ —मत्ती १९:६
यसमा तपाईंलाई अचम्म लाग्न सक्छ, तर विवाहको मुख्य उद्देश्य बच्चा जन्माउनु होइन । बच्चा जन्माउन नसक्ने दम्पतीहरू पनि बच्चा जन्माउन सक्ने दम्पतीहरू जत्तिकै विवाहित हुन्छन् । येशूले भन्नुभयो, ‘मानिसले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्’ (पद ५) । जब परमेश्वरले एक जना आमाबाबु र बच्चालाई हेर्नुहुन्छ, उहाँले दुई जनालाई देख्नुहुन्छ । जब परमेश्वरले एक जना दाजुभाइ र दिदीहिनीलाई हेर्नुहुन्छ, उहाँले दुई जनालाई देख्नुहुन्छ । तर जब परमेश्वरले पति र पत्नीलाई हेर्नुहुन्छ, उहाँले एक देख्नुहुन्छ । यहाँ मिल्नु वा ‘एकसाथ जोडिएको’ भन्नुको अर्थ ‘टाँसिएको’ भन्ने हो । के तपाईंलाई आपूmले विवाह गरेको व्यक्तिसँग अड्किएको वा फसेको जस्तो महसुस गर्नुहुन्छ ? हो, तपाईं फस्नुभएको छ विवाह गर्नु र एउटै शरीर बन्नु भनेको दुई व्यक्तिले एकअर्काको लागि गर्ने काम होइन, तर परमेश्वरले उनीहरूका लागि गर्नुहुने काम हो । विवाह भनेको संस्कृति, कानून, यौन वा प्रेमले समेत जोडिएको सम्बन्ध होइन । विवाह त परमेश्वरले जोड्नुभएको सम्बन्ध हो । अनि शुभ खबर यो हो, जब परमेश्वरले तपाईंलाई एकसाथ जोड्नुहुन्छ, उहाँले तपाईंलाई एकसाथ राख्न पनि सक्नुहुन्छ । आज तलाकको आदेश जारी गर्नुको सबैभन्दा लोकप्रिय कारण ‘मिलाप हुनै नसक्ने भिन्नताहरू’ हुन् । तर येशू यस कुराको ह्दय अर्थात् केन्द्रमै जानुभयो, जुनचाहिँ ह्दयको कुरा हो । ‘तिमीहरूका ह्दयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन् । तर सुरुदेखि यस्तो थिएन’ (पद ८) । परमेश्वरले एकअर्काप्रति तपाईंको ह्दयलाई नरम बनाउन सक्नुहुन्छ, र उहाँले एकअर्काप्रति तपाईंको ह्दय खोल्न सक्नुहुन्छ । तपाईंले भन्नुहोला, ‘तर मैले सक्दो कोसिस गरें, केहीले पनि काम गरेन ।’ परमेश्वरलाई जाँचेर त हेर्नुहोस् परमेश्वरले तपाईंको पति वा पत्नीको ह्दय परिवर्तन गर्न सक्नुहुन्छ र तपाईंहरूलाई एकसाथ नयाँ भविष्य दिन सक्नुहुन्छ ।
आत्मिक भोजनः अ्ययूब १–४ लूका १:१–१० भजन १०५:२३–३६ उपदेशक ७:५–८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024