परमेश्वरले दिनुभएको प्रतिज्ञामा अडिग रहनुहोस्

Nov 23, 2024

‘जबसम्म तिनको वचन पूरा भएन, तबसम्म परमप्रभुको वचनले तिनको जाँच ग¥यो ।’ —भजन १०५:१९

परमेश्वरले दिनुभएको प्रतिज्ञामा अडिग रहनुहोस्उनीप्रति उनका बाबुको निगाहलाई संकेत गर्ने रंगिन लबेदा जब योसेफका दाजुहरूले बलजÇती खोसेर लिए, तब कुन कुराले योसेफलाई स्थिर राख्यो ? परमेश्वरले दिनुभएको प्रतिज्ञाले । जब उनलाई खाडलमा फालियो र त्यसपछि दासत्वमा बेचियो, उनलाई कुन कुराले स्थिर राख्यो ? परमेश्वरले दिनुभएको प्रतिज्ञाले । जब उनले कैदमा साथी बनाएको फारोको मुख्य पियाउने कर्मचारीले उनको पक्षमा बोल्न सकेन, उनलाई कुन कुराले स्थिर राख्यो ? परमेश्वरले दिनुभएको प्रतिज्ञाले । ‘उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए…तिनको गलामा फलामको जन्जीर लगाइदिए, जबसम्म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन । राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्धनबाट मुक्त गरे । राजाले तिनलाई आफ्नो राजभवनका प्रधान बनाए’ (पद १७–२१) । परमेश्वरको वचन समयको जाँच पार गरेर खडा हुनेछ, तर यो पूरा हुनको लागि आफ्नो जाँचको समयमा तपाईं विश्वासमा बलियो हुनुपर्छ । तपाईंको परिवारको आचरण र कार्यबाट तपाईंको जाँच हुनेछ । तपाईंले विश्वास गर्नुभएका साथीहरूको अविश्वास र विश्वासघातबाट तपाईंको जाँच हुनेछ । परमेश्वरले तपाईंलाई दिनुभएको प्रतिज्ञाको विपरीत जस्तो देखिने कठिनाइ र कठिन परिस्थितिहरूमा जिउँदा तपाईंको जाँच हुनेछ । बुभ्mनुभयो, परमेश्वरले तपाईंको सुविधामा भन्दा तपाईंको चरित्रमा बढी चासो राख्नुहुन्छ । बाइबलको न्यु लिभिङ ट्रान्सलेसन संस्करणले यसो भन्छ, ‘उनको सपना पूरा हुने समय नआउञ्जेल, प्रभुले योसेफको चरित्रको जाँच गर्नुभयो’ (पद १९) । किन कुनै कुराको जाँच गर्नुपर्छ ? यो भरपर्दो छ कि छैन भन्ने पत्ता लगाउन । अनि जब तपाईं विश्वासयोग्य साबित हुनुहुन्छ, तपाईं यो प्रतिज्ञामा खडा हुन सक्नुहुन्छ, ‘त्यो निश्चय नै पूरा हुनेछ’ (हबकूक २:३) ।त्यसकारण, परमेश्वरले तपाईंलाई दिनुभएको प्रतिज्ञामा अडिग रहनुहोस् ।

आत्मिक भोजनः उत्पत्ति ४–६ यूहन्ना १२:२०–३६ भजन १०२:१२–१७ हितोपदेश ३०:२१–२३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...