‘हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं ।’ —एफिसी २:१०
परमेश्वरसँग तपाईंले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी छतपाईंको जीवनमा ईश्वर–प्रदत्त जिम्मेवारी तीन वटा कुरासँगै आउँछ । (१) एउटा योजना । ‘किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं । हामी तीबमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो ।’ जब तपाईं प्रार्थनामा प्रभुसँग समय बिताउनुहुन्छ, उहाँले तपाईंलाई आफ्नो योजना प्रकट गर्नुहुनेछ । अनि उहाँले यसलाई एक पटकमा एउटा एउटा गर्दै प्रकट गर्नुहुनेछ । तपाईंले भन्नुहोला, ‘तर मैले गल्ती गरें भने के हुन्छ ? यदि मैले ठेस खाएँ भने के हुन्छ ?’ बाइबलले भन्दछ, ‘यदि परमप्रभुलाई मानिसको मार्ग मन प¥यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ । त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले समातेर त्यसलाई थाप्नुहुन्छ।’ (भजन ३७:२३–२४ । (२) एउटा समय सीमा । परमेश्वरसँग तपाईंको लागि व्यक्तिगत योजना मात्र होइन, उहाँले निश्चित समयमा तपाईंको जीवनमा हुने निश्चित कुराहरू तय गर्नुहुन्छ । ‘किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ’ (भजन १०२:१३) । त्यसकारण तपाईं परमेश्वरसँग चल्नुपर्छ र तपाईंमा बस्नुहुने पवित्र आत्माको चालमा रहनुपर्छ । (३) बाधा र विरोधका बावजुद विजय । ‘किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो (१ यूहन्ना ५:४) । आफ्नो विश्वास बलियो बनाइराख्नुहोस् । परमेश्वरमा भरोसा गरिरहनुहोस् । तपाईंले भन्नुहोला, ‘तर परिस्थिति राम्रो देखिदैन ।’ परमेश्वरले तपाईंको परिस्थितिमाथि नियन्त्रणमा गर्नुहुन्छ । यहोशूलाई आफ्ना शत्रुहरूमाथि युद्ध जित्नको लागि अतिरिक्त समय दिन उहाँले सूर्यलाई स्थिर गराउनुभयो, अनि उहाँले तपाईंको भलाइ र उहाँको महिमाको लागि परिस्थितिहरू परिवर्तन गर्न सक्नुहुन्छ ।आज, आप्mनो जिम्मेवारी के हो, पत्ता लगाउनुहोस् र त्यो पूरा पनि गर्नुहोस् ।
आत्मिक भोजनः यशैया ४२–४४ यूहन्ना ८:१–२० भजन ९६ हितोपदेश २८:१७–२०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




