परमेश्वरसँग हिँड्नु

Mar 26, 2024

‘हनोक परमेश्वरको साथसाथ हिँड्थे ।’ —उत्पत्ति ५:२४

के धर्मशास्त्रमा उल्लेख गरिएका ‘परमेश्वरसँगै हिँड्ने’ मानिसहरूले कहिल्यै ठेस खाए ? हो, उनीहरूले ठेस खाए । के तिनीहरूले कहिलेकहीँ बाटो बिराए ? हो । तर जब उनीहरू हरेक बिहान उठ्थे, उनीहरूको प्रतिबद्धता दिनभरि परमेश्वरसँग हिँड्ने थियो । उनीहरूले उहाँको शक्तिबाट बल प्राप्त गरे, उहाँको इच्छा पूरा गर्न प्रयत्न गरे, अनि उहाँले तिनीहरूका लागि तोक्नुभएको लक्ष्यतर्फ अगि बढे । पावलले लेखेका छन्, ‘जुन बोलावटमा तिमीहरू बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर’ (एफिसी ४:१) । त्यसको अर्थ परमेश्वरले तपाईंलाई कुन दिशातर्फ डो¥याउँदै हुनुहुन्छ भन्ने कुरा तपाईंले जान्नुपर्छ र उहाँसँग चल्नुपर्छ । जब उहाँले काम गर्नुहुन्छ– तपाईंले पनि काम गर्नुहुन्छ । जब उहाँ रोकिनुहुन्छ– तपाईं पनि रोकिनुहुन्छ । एक विश्वासीका रूपमा, तपाईंको जीवनलाई पवित्र र के साधारण भनेर विभाजन गर्नु हुँदैन । बाइबलले भन्दछ, ‘हामी उहाँमा जिउँछौँ, चलहल गछौँ र उहाँमा हाम्रो अस्तित्व छ’ (प्रेरित १७:२८) । तपाईंले यसो भन्न सक्नुहुन्न, ‘यस अवस्थामा, म आÇनै शक्तिमा काम गरिरहेको छु, तर त्यस अवस्थामा, म आपूmभित्रका पवित्र आत्मा अनुसार काम गरिरहेको छु ।’ पवित्र आत्मा तपाईंको जीवनमा आउँदै र जाँदै गर्नुहुन्न† उहाँ सधैँ तपाईंसँग हुनुहुन्छ ¤ धर्मशास्त्रको एउटा खण्ड यहाँ छ जसको बारेमा तपाईंले सोच्नु आवश्यक छः ‘हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो र तपाईंकै इच्छा बमोजिम ती अस्तित्वएमा आए र तिनको सृष्टि भयो’ (प्रकाश ४:११) । कस्तो अद्भूत विचारः परमेश्वरलाई आनन्द दिनका लागि तपाईंलाई सृष्टि गरिएको हो ¤ त्यसकारण, तपाईंले आफैलाई र बारम्बार सोध्न सक्नुहुने सबैभन्दा महत्वपूर्ण प्रश्नहरूमध्ये एक हो, ‘प्रभु, के अहिले मेरा चालहरू तपाईंलाई मनपर्दा छन् ?’ (हितोपदेश १३:५–६ हेर्नुहोस्) । जब तिनीहरू त्यस्ता हुन्छन्, तपाईंले पत्ता लगाउनुहुनेछ कि उहाँले तपाईंलाई लैजानुहुने दिशा सधैँ सही दिशा हो । उहाँको समय सधैं सही समय हो, अनि तपाईंले प्राप्त गर्नुहुने परणिामहरू सधैँ सही परिणामहरू हुन् ।यसकारण, हामी पनि हनोकजस्तै परमेश्वरको साथ साथै हिँडौं ।

आत्मिक भोजनः यर्मिया १–३ मत्ती २७:१–१० भजन ५५:१–११ हितोपदेश ८:१७–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...