परमेश्वर तपाईंको सहायताको लागि आउनुहुनेछ

Aug 15, 2024

‘हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आप्mना आँखा तपाईंतिर उठाउँछौं ।’ —२ इतिहास २०:१२

धर्मशास्त्रका नायकहरूले अक्सर आफूलाई असम्भव बाधाहरू र विचलित तुल्याउने परिस्थितिहरूको सामना गर्नुपर्ने अवस्थामा पाए । मोशा फारोको सामु उभिएको र दाऊद गोल्यतको अगाडि उभिएको कुरा विचार गर्नुहोस् । राजा यहोशापातले आफ्नो राष्ट्रलाई नाश गर्न प्रतिबद्ध तीन वटा संयुक्त सेनाहरूको भारी शक्तिको सामना गरेकोबारे विचार गर्नुहोस् । उनले परमेश्वरलाई भनेको कुरा यहाँ छः ‘किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य–दलको सामना गर्न हाम्रो केही शक्ति छैन । हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आप्mना आँखा तपाईंतिर उठाउँछौं ’ (पद १२) । अब ध्यान दिनुहोस्, परमेश्वरले उनलाई कसरी जवाफ दिनुभयोः ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ । किनभने लडाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन…यो लडाइँ तिमीहरूले लड्नुपर्नेछैन । ताँतीमा दृढ भएर पर्खिबस । परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ । नडराओ, न त आत्तिओ । भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ । किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’ (पद१५–१७) । परमेश्वरले तपाईंलाई कहिल्यै त्यस्तो काम दिनुहुन्न जसमा उहाँको शक्ति, उहाँको बुद्धि, उहाँका स्रोतसाधनहरू, र कहिलेकहीँ उहाँको आश्चमर्यजनक हस्तक्षेप आवश्यक पर्दैन । चेलाहरूलाई डुंगामा चढेर गालीलको पल्लो छेउमा जान कसले आज्ञा दियो ? येशूले । अनि के भयो ? उहाँको आज्ञा पालन गर्न तिनीहरूले आफ्नोजीवनका सबैभन्दा खराब आँधीबेहरीहरू मध्ये एकमा जानुपर्ने थियो । तर उहाँले आँधीबेहरीलाई शान्त बनाउनुभएको जब तिनीहरूले देखे, तिनीहरूको विश्वास नयाँ स्तरमा बढेर गयो अनि भविष्यमा परमेश्वरको लागि ठूला कामहरू गर्न तिनीहरूलाई तयार बनायो । त्यसकारण तपाईंको लागि आजको वचन यो होः (१) आफैलाई तयार राख्नुहोस्, (२) शान्त हुनुहोस् र प्रभुको उद्धार देख्नुहोस्, अनि (३) नडराउनुहोस्…अगि बढ्नुहोस्…किनकि परमप्रभु तपाईंसँग हुनुहुन्छ ।

आत्मिक भोजनः १ इतिहास १९:१–२३:२० लूका १३:१–१७ भजन ११९:४९–५६ हितोपदेश २१:४–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...