‘तिनीहरूले बलमाथि बल प्राप्त गर्छन् ।’ —भजन ८४:७
‘सबलता अभियान’ भनिने अभियानमा ‘आÇना सबलताहरू पत्ता लगाउनुहोस्’ भन्ने कथनलाई अनुसन्धानकर्ता मार्कस बकिङहामले प्रसिद्ध बनाएका थिए । यसले हामीलाई हाम्रा कमजोरीहरूमा केन्द्रित हुनछोडेर हाम्रा सबलताहरूको नाम टिप्न र विकास गर्न आहृवान गर्दछ– जसले परमेश्वरको ढाँचालाई प्रतिविम्बित गर्दछ । परमेश्वरले यसो भन्नुभएन, ‘मोशा, तिम्रो शिल्पकौशल कमजोर छ । केही समयको लागि यी मानिसहरूको नेतृत्व गर्न छोडेर बजलेल जस्तै बन्ने प्रयास गर ।’ (प्रस्थान ३१:१–५ हेर्नुहोस्) । बाइबलले ‘बलमाथि बल प्राप्त गर्ने’ कुरा बताउँछ । अनि सबलता भनेको त्यस्तो गतिविधि हो जसमा तपाईं संलग्न बन्नुहुँदा, त्यसले तपाईंलाई बलियो महसुस गराउँछ । कतिपय क्रियाकलापहरूले तपाईंलाई रोमाञ्चक भहसुस गराउनेछन् र चुनौती दिनेछन्† अरूले तपाईंलाई दिक्क लगाउनेछन् र थकित तुल्याउनेछन् । तपाईंले यो कुरा पत्ता लगाउनुभएपछि, तपाईं ‘पेशावृत्तिको योजना’ मा मात्रै संलग्न बन्नुहुन्न, तपाईंले आपूm परमेश्वरको हातको सिप भएको कुरा बुभ्mनुहुन्छ अनि आÇनै प्रमुख सबलताका क्षेत्रहरू स्वीकार गर्नुहुन्छ । तपाईंले यसो गर्नु महत्वपूर्ण छ, किनभने सृष्टिको एक सानो भाग जसको हेरचाह वा भण्डारेपनको निम्ति तपाईं जिम्मेवार हुनुहुन्छ, त्यो तपाईंको आÇनै जीवन हो । डोरोथी सेयर्स नामक लेखिकाले यसो भनेकी छिन्ः ‘काम भनेको प्राथमिक रूपमा बाँच्नको लागि गर्ने कुरा होइन, तर जुन कुरा गर्नको लागि जिइन्छ । यो काम गर्ने व्यक्तिको सम्पूर्ण क्षमताको पूर्ण अभिव्यत्ति हो वा हुनुपर्छ, त्यो चिज जसमा उसले आत्मिक, मानसिक र शारीरिक सन्तुष्टि पाउँछ, अनि त्यस्तो माध्यम जसमा उसले आफैलाई परमेश्वरकहाँ अर्पण गर्छ ।’ यदि तपाईंको कामले तपाईंको उद्देश्यको लागि तपाईंको आवश्यकता पूरा गर्दैन वा तपाईंको परमेश्वर–प्रदत्त वरदानहरू प्रयोग गर्दैन भने के हुन्छ ? कहिलेकहीँ आवश्यकताले त्यसो गर्नुपर्छ । त्यसैकारण बाइबलले भन्दछ, ‘तिमीले जे गर्छौ, त्यो पूरा शक्तिले गर’ (उपदेशक ९:१०) । यस बिचमा, अवसरको लागि प्रार्थना गर्नुहोस्, आफैलाई तयार गर्नुहोस्, अनि तपाईंको सबलता उपयोग गर्ने क्षेत्रमा स्वयंसेवा गर्नुहोस् । आफूले गरेको काममा आनन्द नमनाउने मानिसहरूले कहिलेकहीँ दुःखी हुन्छन् अनि तिनीहरूले आÇनो वरपरका अरू सबैलाई पनि दुःखी बनाउँछन् । तर परमेश्वरल तपाईंबाट योभन्दा असल कुराको आशा गर्नुहुन्छ, यसकारण आÇनो काम उत्कृष्ठ तरिकाले गर्नुहोस् ¤
आत्मिक भोजनः २ राजा २४–२५ मत्ती २६:१–२५ भजन १९ हितोपदेश ८:६–७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



