पवित्र आत्माले तपाईंमार्फत प्रार्थना गर्नुहुन्छ

Apr 11, 2024

‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु ।’ —रोमी ८:२६

जीवनले तपाईंलाई कमजोर बनाउन सक्छ । तपाईं त्यो ठाउँमा पुग्न सक्नुहुन्छ जहाँ तपाईंको चिन्ता यति गहिरो हुन्छ वा तपाईंको तनावको स्तर यति उच्च हुन्छ कि तपाईंले स्पष्ट रूपमा सोच्न सक्नुहुन्न । तपाईंले अनुभव गरिरहनुभएको समस्या वा पीडा यति ठूलो छ कि तपाईं यसलाई शब्दहरूमा व्यक्त गर्न सक्नुहुन्न । शुभ समाचार यहाँ छः त्यस्तै समयमा तपाईंभित्र बास गर्नुहुने पवित्र आत्माले तपाईंको लागि र तपाईंमार्फत प्रार्थना गर्नुहुन्छ । जब तपाईंले आफ्नो बोझ प्रभुमा ल्याउनुहुन्छ र उहाँको उपस्थितिमा घुँडा टेक्नुहुन्छ, त्यहाँ एउटा अद्भूत कुरा हुन्छ । सन्देश बाइबलमा, युजिन पिटर्सनले यो कुरालाई यसरी व्याख्या गरेका छन्ः ‘पवित्र आत्मा हामीलाई सहायता गर्न हामीसँगै हुनुहुन्छ… कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ भने पनि केही छैन । शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हामीमा र हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ । हामीले भन्दा बढी उहाँले हामीलाई जान्नुहुन्छ… मानिसहरूका ह्दयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । त्यसकारण हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ’ (पद २६–२८) । प्रार्थनाचाहिँ सम्बन्धमा अडेको हुनाले, पवित्र आत्माले तपाईंको ह्दयलाई परमेश्वरकहाँ र उहाँको ह्दयलाई तपाईंकहाँ फिर्ता पठाउनुहुनेछ । जब तपाईंलाई कसरी प्रार्थना गर्ने भन्ने थाहा हुँदैन– मौन बस्नुहोस् । आफ्नो ह्दय खुला राखेर परमेश्वरको उपस्थितिमा रहनुहोस्, अनि उहाँ तपाईंसँग बोल्नुहुनेछ । ‘तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्यता जान्दछौ’ (१ यूहन्ना २:२०) । परमेश्वरले तपाईंको मनमा जवाफ राख्नुअगि, उहाँले तपाईंको ह्दयमा उहाँको शान्ति राख्नुहुन्छ । त्यसैले प्रार्थनामा हतार गर्नु हुँदैन । यसले पवित्र आत्मालाई तपाईंसँग परमेश्वरका विचारहरू साझा गर्न अनुमति दिन्छ ताकि तपाईं उहाँको तरिकाले सोच्न थाल्नुहोस् ।यसकारण ध्यान गर्न र परमेश्वरको अगाडि स्थिर रहन समय निकाल्नु धेरै महŒवपूर्ण छ ।

आत्मिक भोजनः यर्मिया ४१–४४ मर्कूस २:१–१२ भजन २५:८–१५ हितोपदेश १०:१–३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...