रिसाउन छोड ।’ -भजन ३७ :७
सानातिना अपराधहरू सजिलै क्षमा गर्न सकिन्छ । तर जब कसैले हामीलाई नराम्रोसँग चोट पुर्याउँछ र उम्केजस्तो लाग्छ, तब क्षमा चाहिँ हाम्रा लागि एक वास्तविक चुनौती बन्दछ । जबसम्म तपाईंले अपराध क्षमा गर्नुहुन्न र यसलाई जान दिनुहुन्न, तपाईंले निरन्तर यसको बोझले तपाईंलाई थिचिरहेको महसुस गर्नुहुनेछ । क्षमा गर्ने सन्दर्भमा तपाईंले गर्न सक्नुहुने सबैभन्दा ठूला गल्तीहरू मध्ये एउटा यो यस्तो सोच्नु हो, कि यदि कसैप्रति तपाईंका भावनाहरू तुरुन्तै परिवर्तन भएनन् भने, तपाईंले तिनीहरूलाई वास्तवमै क्षमा गर्नुभएको छैन । होइन, क्षमा एक निणर्य हो । यो तपाईंको इच्छा को एक कार्य हो । तपाईं चोट र आक्रोशको भावनासँग संघर्ष गरिरहन सक्नुहुन्छ । यसले क्षमा गर्ने तपाईंको निणर्यलाई रद्ध गर्दैन, यसको अर्थ निको हुन समय लाग्छ भन्ने मात्रै हो । अनि तपाईंले क्षमा गर्ने निणर्य गर्नुभएको क्षण तपाईंको निको हुने प्रक्रिया सुरु हुन्छ । बाइबलले भन्दछ, सबै तीतोपना…तिमीहरूले त्यागिदेओ । जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ’ (एफिसी ४ :३१-३२) । तपाईंले आफ्नो भागको काम अर्थात् क्षमा दिने काम गर्नुभएपछि , उहाँको भागको काम गर्नको लागि परमेश्वरलाई भरोसा गर्नुहोस्, जुनचाहिँ तपाईंका भावनाहरूलाई निको पार्ने र तपाईंको शान्ति र आनन्दलाई पुनस्र्थापित गर्नु हो । तपाईंसँग क्षमा गर्ने निणर्य गर्ने शक्ति छ, तर तपाईंलाई चोट पुर्याउने व्यक्तिप्रति तपाईंका भावनाहरू परिवर्तन गर्ने शक्ति परमेश्वरसँग मात्रै छ । त्यसकारण, तपाईंको ह्दय परिवर्तन गरिदिनुहुनको लागि परमेश्वरमा भरोसा राख्नुहोस् । अन्ततः तपाईंका भावनाहरूले तपाईंको निणर्यलाई पछ्याउनेछन् र त्यसैअनुरूप हुनेछ । यस बिचमा, परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर । मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान । रिसाउन छोड र क्रोधलाई त्याग । झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ’ (भजन ३७ ७-८) ।यसकारण क्षमा गर्ने निणर्य गरेर अगि बढ्नुहोस् ।
आत्मिक भोजनः कलस्सी १-२ लूका २० :४१-४७ भजन ७८ :१-८ हितोपदेश २३ :१९-२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


