‘आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन ।’ —हितोपदेश २८:१३
बाइबलले भन्दछ, ‘आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ’ (पद १३) । के तपाईं सफल हुन नसकिरहनुभएको कारणले यो भएको हो ? समाधान नभएको अपराधमा एसिड वा अम्लजस्तै तपाईंको आत्मविश्वासलाई नष्ट गर्ने क्षमता हुन्छ तर त्यहाँ एउटा समाधान छः ‘जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ ।’ परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुहोस् ¤ तपाईंले जे गर्नुभयो त्यो उहाँलाई पहिल्यै थाहा छ– तपाईंले यसको सामना गर्नुहोस् भनेर मात्रै उहाँले पर्खिरहनुभएको छ ताकि उहाँले तपाईंलाई क्षमा गर्न सक्नुहोस् र तपाईंलाई फेरि आशिष् दिन सक्नुहोस् । ‘परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कत्ति पनि अँध्यारो छैन’ (१ यूहन्ना १:५) । परमेश्वरको ज्योतिले सबै थोक प्रकट गरिदिन्छ । कोठामा बत्ती बाल्दा हामी धूलो र कीराहरू उडिरहेको देख्न सक्छौँ । अनि जब परमेश्वर हाम्रो जीवनमा संलग्न बन्नुहुन्छ, हामीले देख्न नचाहेका कुराहरू उहाँले हामीलाई देखाउन थाल्नुहुन्छ† त्यस्ता कुराहरू जुन हामीले आफैबाट पनि लुकाइरहेका छौं । हामी प्रायः छलमा पर्छौं, विशेषगरी आफ्नै बारेमा । हामी हाम्रा गल्तीहरूसँग व्यवहार गर्न चाहँदैनौं, र हामी तिनीहरूलाई प्रकट गर्न मन पराउँदैनौं । व्यक्तिगत रूपमा हामी तिनीहरूको बारेमा दोषी महसुस गर्छौं, तर कम्तिमा हामी तिनीहरू गोप्य छन् भन्ने महसुस गर्छौं तर त्यसरी लुकाइएको कुनै पनि कुराले हामीमाथि नियन्त्रणकारी शक्ति राख्छ किनभने अरूले त्यो पत्ता लगाउलान् भनी हामी डराउँछौँ । त्यसरी जिउन अस्वीकार गर्नुहोस् । तपाईंले गर्न सक्नुहुने सबैभन्दा उत्तम र सबैभन्दा छुटकारा दीन काम भनेको परमेश्वरले जुन कुरा सम्हाल्न चाहनुहुन्छ त्यसको सामना गर्नु र त्यसको डरबाट बाहिर निस्कनु हो । दाऊदले यसो भने, ‘तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ । मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु ” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो’ (भजन ३२:५) ।यसकारण आफ्नो पाप ढाकछोप गर्न छोड्नुहोस् अनि तपाईंले क्षमा पाउनुहुनेछ ।
आत्मिक भोजनः इजकिएल २२–२३ मर्कूस १५:१–२० भजन १३२:१–१० हितोपदेश १५:१–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024