पिताको आशीर्वाद

Jun 16, 2024

‘विश्वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए ।’ —हिब्रू ११:२०

पिता हो, यहाँ तपाईंका छोराछोरी र नातिनातिनाहरूलाई आशिष् दिनका लागि दुई वटा बाइबल सामग्री छन्ः (१) प्रार्थनाको शक्ति । धर्मशास्त्रमा, बुबाको आशीर्वादमा आफ्ना छोराछोरीहरूको लागि परमेश्वरसँग सचेत प्रार्थना समावेश छ । इसहाक, जो एक किसान थिए, तिनले आफ्नो छोरालाई भने, ‘परमेश्वरले तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमद्य र अन्न देऊन्’ (उत्पत्ति २७:२८) । के तपाईंका छोराछोरीहरूले तपाईंले तिनीहरूको बारेमा परमेश्वरसँग कुरा गरेको सुनेका छन् ? सायद तिनीहरूले तपाईंलाई कठोर शब्दहरू भनेको सुनेका छन्, ‘तँ कसरी यति मूर्ख हुन सक्छस् ? तँ कहिल्यै सोच्दैनस् ? तैंले कहिल्यै केही बन्न सक्ने छैनस् ¤’ इत्यादि । यदि त्यसो हो भने, आजै गल्ती स्वीकार गर्नुहोस् र तिनीहरूसँग क्षमा माग्नुहोस् । तिनीहरूलाई तपाईंले तिनीहरू प्रत्येकको जीवनमा परमेश्वरको प्रशस्त आशिष्को पुकारा गरेको सुन्न दिनुहोस् । आफ्नो परिवारमा आशिष्को लागि बुबाको प्रार्थना एक शक्तिशाली कुरा हो– यो जीवन परिवर्तनकारी हुन्छ ¤ (२) उज्ज्वल भविष्यको दर्शन । बाइबलले भन्दछ, ‘जहाँ दर्शन–प्रकाश छैन, त्यहाँ मानिसहरू भाँडिन्छन्’ (हितोपदेश २९:१८) । विद्यालय परामर्शदाताहरूले बताउँछन् कि उनीहरूका धेरै विद्यार्थीहरूमा दर्शनको अभाव छ । किन ? किनभने तिनीहरूले आफ्नो अगाडि आर्थिक मन्दी, बेरोजगारी र कठिन समयबाहेक अरू केही पनि देख्दैनन् । तिनीहरूलाई तिनीहरू र तिनीहरूको भविष्यमा विश्वास गर्न कोही चाहिन्छ…तिनीहरू सफल बन्न सक्छन् र खुशी जीवन बिताउन सक्छन्…तिनीहरूको उत्तम भविष्य अझै बाँकी नै छ भन्ने विश्वास गर्न । इसहाकले आफ्ना छोराहरूले भविष्यको लागि आफ्नै दर्शन निर्माण गर्नको लागि पर्खिएनन् । उनले तिनीहरूको भविष्यको सफलताको लागि, तिनीहरूको उच्च हैसियतको लागि, अनि परिवार र समाजको आदर र अनुग्रहको लागि खुलेर प्रार्थना गरे । तपाईंले आफ्ना बालबालिकालाई छलछाम गरेर चलाउनु पर्दैन, तपाईंले उनीहरूलाई उत्प्रेरित मात्रै गर्र्नु आवश्यक छ अनि तपाईंले उनीहरूलाई आशीर्वाद दिएर त्यसो गर्नुपर्छ ¤यसकारण एक पिताका रूपमा, आफ्ना छोराछोरीका लागि आशीर्वादको प्रार्थना गरिदिनु धेरै महत्वपूर्ण छ ।

आत्मिक भोजनः मत्ती ५:४ यशैया ५१:१–१६ भजन ३० व्यद ५:८–११

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...