‘तपाईं ख्रीष्ट हुनुहुन्छ, मसिह, जीवित परमेश्वरका पुत्र ।’ —मत्ती १६:१६
बाइबल साँच्चै परमेश्वरको वचन हो भन्ने सबैभन्दा विश्वसनीय प्रमाणहरूमध्ये एउटाचाहिँ ख्रीष्टको जीवनकालमा पूरा भएका अगमवाणीहरूको संख्या नै हो । दानिएलले मन्दिरको विनाश हुनुअगि एक मात्र यहूदी मसीहको आगमनको भविष्यवाणी गरे । पुरानो करारका अगमवक्ताहरूले उहाँ बेथलेहेममा (मीका ५:२ हेनुहोस्) कन्याबाट जन्मिनुहुने (हेर्नुहोस् यशैया ७:१४), चाँदीका तीस टुक्राहरूका लागि बेचिनुहुने (हेर्नुहोस् जकरिया ११:१२–१३), क्रुसमा टाँगिएर मर्नुहुने (हेर्नुहोस् भजन २२), अनि धनी मानिसको चिहानमा गाडिनुहुने कुरा घोषणा गरे ( हेर्नुहोस् यशैया ५३:९) । येशू आफैले उहाँलाई क्रुसमा टाँगिने र तीन दिनपछि मृतकबाट जीवित भई उठ्ने भविष्यवाणी गर्नुभएको थियो । ‘यहूदीहरूले उहाँलाई भने, “तपाईं यी काम गर्नुहुन्छ, त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ र म तीन दिनमा यसलाई खडा गर्नेछु ।” तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो र के तपाईं यसलाई तीन दिनमा खडा गर्न सक्नुहुन्छ ?” तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो, उहाँको शरीर थियो । जब उहाँ मृतकबाट उठाइनुभयो, तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो, र तिनीहरूले धर्मशास्त्रिमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे’ (यूहन्ना २:१८–२२) । विश्वविजेता नेपोलियन बोनापार्टले भनेका छन्ः ‘म मानिसहरूलाई चिन्छु, र म भन्छु कि येशू ख्रीष्ट मानिस मात्र हुनुहुन्न । उहाँ र संसारका सबै अन्य व्यक्तिहरूका बिचमा तुलनाको कुनै सम्भावित शब्द नै छैन । अलेक्जेन्डर, कैसर, चार्लेमेन र मैले साम्राज्यहरू स्थापना गरेका छौँ । तर हामीले केको जगमा हाम्रा साम्राज्यहरू खडा ग¥यौँ ? बलको जगमा । येशू ख्रीष्टले प्रेमको जगमा आÇनो साम्राज्य स्थापना गर्नुभयो† अनि यसै घडी लाखौं मानिसहरू उहाँको लागि मर्न समेत तयार हुनेछन् ।’प्रभु येशूको जन्म, मृत्यु र पुनरुत्थानका बारेमा गरिएका अगमवाणीहरू पूरा भइसकेका छन्, यसकारण आज तपाईं उहाँमा भर पर्न सक्नुहुन्छ ।
आत्मिक भोजनः हेशे ६–१० मत्ती २६:४७–५६ भजन ११६:१२–१९ हितोपदेश ८:१०–१३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



