प्रतिकूल परिस्थितिमा पनि आराधना गर्नुहोस्

Jun 17, 2024

‘तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए ।’ —प्रेरित १६:२५

तपाईंसँग अहिले जे गलत भइरहेको छ त्यसलाई परमेश्वरसँग जे सही छ त्यसको आराधना गर्नबाट रोक्न नदिनुहोस् । तिनीहरूको खुट्टा बाँधिएको, तिनीहरूको ढाडमा कोर्राले पिटिएको, अनि समाजको अन्यायपूर्ण अवहेलनाले तिनीहरूमाथि थुपारिएको अवस्थामा समेत, बाइबलले भन्दछ, ‘आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए ।’ तिनीहरूले आफ्नो परिस्थितिमा जे गलत छ त्यसमा ध्यान केन्द्रित गर्न छोडेर परमेश्वरका असल कुरामा ध्यान केन्द्रित गर्ने निर्णय गरे । तिनीहरूले गुनासो गर्न सक्थे तर तिनीहरूले आफ्ना बाहिरी परिस्थितिहरूको बाबजुद परमेश्वरको आराधना गर्ने छनोट गरे अनि त्यो अक्सर हामीले गर्न सक्ने सबैभन्दा चुनौतीपूर्ण र महत्वपूर्ण छनोट हो । यो तपाईंको कम्प्युटरको रिफ्रेस कि थिच्नु जस्तै हो । त्यसो गर्दा तपाईंको मुक्तिको आनन्द पुनस्र्थापित हुन्छ, तपाईंको आत्मालाई शक्ति मिल्छ र तपाईंको मनलाई नवीकरण गर्दछ । अनि सबै कुरा गलत भइरहेको देखिँदा पनि यसले तपाईंलाई परमेश्वरको प्रशंसा गर्नको लागि केही असल कुरा पत्ता लगाउन शक्ति दिन्छ । के यो सरल छ ? निश्चय नै छैन तर तपाईंले नचाहँदा पनि परमेश्वरको प्रशंसा गर्नुचाहिँ आराधनाको सबैभन्दा शुद्ध रूपमध्ये एक हो । ‘यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऔँ । यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो’ (हिब्रू १३:१५) । ‘प्रशंसाको बलि’ भन्ने शब्दमा ध्यान दिनुहोस् अनि यो त्यस्तो बलिदान हो जसले परमेश्वरलाई उत्प्रेरित गर्छ र परिणामहरू ल्याउँछः ‘तब एक्कासि एउटा ठूलो भैंचालो गयो, र झ्यालखानका जगहरू हल्लिए र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले’ (प्रेरित १६:२६) । जब तपाईं बाहिर निस्कने कुनै बाटो नभएको अवस्थामा हुनुहुन्छ, प्रशंसाले ढोका खोलिदिन्छ । जब तपाईं अभाव र सीमितताले बाँधिएको अवस्थामा हुनुहुन्छ, प्रशंसाले साङ्लाहरू तोड्छ ।त्यसकारण प्रतिकूल र निराशाजनक परिस्थितिमा समेत आराधना गरिरहनुहोस् ।

आत्मिक भोजनः इजकिएल ३४–३६ लूका १:१–१० भजन ८०:१२–१९ हितोपदेश १५:१५–१७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...