‘हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्दै, हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौँ ।’ —हिब्रू १२:१–२
यस संसारमा सबैभन्दा ठूलो प्रभाव पार्ने पुरुष र महिलाहरू ती थिए जो पूर्ण रूपमा आफ्नो दर्शनमा केन्द्रित र समर्पित थिए । मेथोडिस्ट चर्चका संस्थापक जोन वेस्लीले एक पटक भनेका थिए, ‘यदि मसँग परमेश्वर बाहेक अरूसँग नडराउने, पाप बाहेक अरू केहीलाई घृणा नगर्ने, अनि येशू ख्रीष्ट र उहाँलाई क्रुसमा टाँगिनु बाहेक अरू केही पनि नजान्न प्रतिबद्ध तीन सय जना मानिसहरू थिए भने, म संसारमा आगो बाल्नेथिएँ ।’ जोनाथन एडवर्ड्स, जसको सेवाकार्यले अमेरिकामा महान् जागृति जगायो, उनले यसलाई आफ्नो जीवनको आदर्श वाक्य बनाएका थिएः ‘संकल्प एकः म परमेश्वरको लागि जिउनेछु । संकल्प दुईः यदि अरू कसैले त्यसो गर्दैन भने पनि, म त्यसो गर्नेछु ।’ इग्ल्याण्डका महानतम खेलाडीहरूमध्ये एक सि. टी. स्टडले चीनको लागि मिसनरी बन्नको लागि प्रसिद्धि र सम्वृद्धि त्यागेर संसारलाई चकित पारे । ‘यदि येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र मेरो लागि मर्नुभयो भने, उहाँको लागि मेरो लागि कुनै बलिदान धेरै ठूलो हुन सक्दैन,’ उनले बताएका छन् । दक्षिण अमेरिकामा शहीदको रूपमा मृत्यु भएका मिसनरी जिम इलियटले भनेका छन्, ‘ऊ मूर्ख होइन जसले आफूले गुमाउन नसक्ने कुरा प्राप्त गर्नका लागि आफूले राख्न नसक्ने कुरा दिन्छ ।’ जुन दिन तपाईं जन्मनुभयो, परमेश्वरसँग तपाईंले दौडनको लागि एउटा बाटो थियो । तर जित्नको लागि, तपाईंले यी कुराबाट छुटकारा पाउनुपर्छः (१) तपाईंलाई बोझ बन्ने कुनै पनि कुरा र (२) तपाईंलाई अल्झाउने कुनै पनि कुरा । ‘हरकिसिमका बोझा (अनावश्यक भार)र हामीलाई सजिलैसित (चतु¥याइँ र चलाखीपूर्वक) अल्झाउने पापलाई पन्छाएर हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्दै हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौंंँ (पद १–२) ।यसकारण यस संसारमा ती मानिसहरूले प्रभाव छोडेका छन् जो येशूको निम्ति आफ्नो सबैथोक बलिदान गर्न तयार भए ।
आत्मिक भोजनः प्रेरित १४–१५ मर्कूस ४:२१–२९ भजन १६ हितोपदेश ११:१–२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


