‘सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो ।’ —कलस्सी ४:२
‘सतर्क’ शब्दले पुरानो करारको समयमा सहरको पर्खालमा बसेर पहरा दिने कामको सम्झना गराउँछ । आक्रमणकारी सेना वा यात्रा गर्ने व्यापारीहरूलाई देख्ने पहिला व्यक्तिहरू पहरेदारहरू नै हुन्थे । परिस्थिति के कसो भइरहेको छ भन्ने बुभ्mन तिनीहरूसँग सबैभन्दा बढी सुविधा हुन्थ्यो । अरू कसैले नदेखेको कुरा तिनीहरूले देख्थे । अरूले तिनीहरूलाई देख्नुभन्दा पहिले तिनीहरूले अरूलाई देख्थे । हामीले प्रार्थना गर्दा ठ्याक्कै त्यस्तै हुन्छ । अरू कसैले नदेखेको कुरा हामीले देख्छौँ, र अरूले देखेको भन्दा चाँडो देख्छौँ । किन ? किनकि प्रार्थनाले हामीलाई परमेश्वरको दृष्टिकोण प्रदान गर्दछ । यसले हाम्रो सम्वेदनशीलता बढाउँछ र हामीलाई छैठौँ इन्द्रिय दिन्छ जसले हामीलाई आत्मिक वास्तविकताहरू बुझ्न अनुमति दिन्छ । गिक्स एण्ड गिजर्स नामक प्रसिद्ध पुस्तकमा, व्यापार प्रशिक्षक वारेन बेनिस र रोबर्ट टमसले हरेक क्षेत्रमा सफल अगुवाहरूको एक साझा तत्वको बारेमा चाखलाग्दो टिप्पणी गरेका छन् । बेनिस र टमसले तिनीहरूलाई पहिलो दर्जाका अवलोकनकर्ताहरू भनेका छन् । ‘पहिलो दर्जाका अवलोकनकर्ता’ बन्दा तपाईंलाई क्षमता चिन्न, अवसर पहिचान गर्न र जोखिमहरूबाट बच्न सहायता गर्छ । बारम्बार सफल हुने अगुवाहरू सन्दर्भ बुझ्ने काममा दक्ष हुन्छन् । यो कुरा स्वादजस्तै ती विशेषताहरू मध्ये एक हो जसलाई ससाना भागमा विभाजन गरेर बुभ्mन कठिन हुन्छ तर मानिसहरूका विभिन्न समूहहरूले कुनै हाउभाउलाई कसरी व्याख्या गर्नेछन् भन्ने जस्ता सूक्ष्म विभिन्न कारक तत्वहरूको विश्लेषण गर्ने क्षमता एक साँचो अगुवाका विशेषताहरू मध्ये एक हो । प्रार्थनाले हामीलाई उत्कृष्ठ अवलोकनकर्ताहरूमा बदल्छ । हामीले के देखेको परमेश्वरले चाहनुहुन्छ भन्ने कुरा बुभ्mन यसले हामीलाई मदत गर्छ । तपाईंले जति धेरै प्रार्थना गर्नुहुन्छ, तपाईंले त्यति धेरै देख्नुहुन्छ । अनि जति कम प्रार्थना गर्नुहुन्छ, त्यति नै कम देख्नुहुन्छ । यो कुरा त्यति सरल छ । यहाँ जीवनको कुनै पनि क्षेत्रमा सफलताको लागि बाइबलको एउटा सूत्र छः ‘सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो ।’ यसकारण परमेश्वरको दृष्टिकोण प्राप्त गर्नका लागि प्रार्थनामा जागा रहनु आवश्यक छ ।
आत्मिक भोजनः दानिएल ३–४ मत्ती ७:१–१४ भजन ८४ हितोपदेश २:१६–१९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




