प्रार्थना (२)

Dec 6, 2024

‘मानिसहरूले सधैं प्रार्थना गरिरहून् र निराश नहोऊन् ।’ —लूका १८:१

प्रिन्सटन विश्वविद्यालयमा विद्यावारिधी गर्दैगरेको एक जना विद्यार्थीले एक पटक अल्बर्ट आइन्स्टाइनको कार्यालयमा गएर सोध्यो, ‘संसारमा मौलिक शोध लेखन अनुसन्धानका लागि कुन विषय बाँकी छ ?’ ती प्रतिभाशाली वैज्ञानिकले जवाफ दिए, ‘प्रार्थनाको बारेमा पत्ता लगाऊ ।’ प्रार्थनाको बारेमा उत्सुक हुने आइन्स्टाइन एक मात्र व्यक्ति थिएनन् । येशूले यसको बारेमा सिकाउनुभयो, किनभने चेलाहरूले उहाँलाई सोधेका थिए । तिनीहरूले यसको बारेमा प्रबन्ध वा शोधमूलक लेखहरू लेख्न चाहेको कारण त होइन, तर तिनीहरू कसरी प्रार्थना गर्ने भन्ने जान्न चाहन्थे । बाइबलमा यो एक मात्र समय हो जहाँ एक जना व्यक्तिबाट अर्को व्यक्तिलाई कसरी प्रार्थना गर्ने भनी स्पष्ट रूपमा सिकाइएको छ, त्यो पनि सबै चेलाहरूको अनुरोधको कारण । ‘उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्”’ (लूका ११:१) । येशूले प्रार्थना गरिरहनुभएको कुरा चेलाहरूले देखिरहेका थिए । स्पष्ट रूपमा, उहाँले प्रार्थना गर्ने तरिका तिनीहरूले प्रार्थना गर्ने तरिका भन्दा यति भिन्न थियो कि तिनीहरूले भने, ‘तपाईंले प्रार्थना गर्नुभएझmैं कसरी प्रार्थना गर्ने हामीलाई पनि देखाउनुहोस् ।’ येशूले आश्चर्यजनक रूपमा भिडको लागि भोजन जुटाइदिनुअगि, वा आफ्ना बाह्र जना चेला चुन्नुअगि, वा गालिल समुद्रमा आँधीबेहरीलाई शान्त पार्नुअगि, उहाँले प्रार्थना गर्न समय निकाल्नुभयो । अनि उहाँको प्रार्थनाको परिणाम यति अचम्मको थियो कि चेलाहरूले भने, ‘प्रभु, हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् ।’ प्रार्थना भनेको मुख्य रूपमा तपाईंलाई चाहिने कुरा परमेश्वरलाई बताउनु होइन । यो त परमेश्वरको नजिक हुने काम हो । एक जना पास्टरले लेखेझैं, ‘यो परमेश्वरले करिब यसो भन्नुभएको जस्तो हो, ‘मकहाँ तिम्रो किनमेलको सूची नल्याऊ । मलाई पहिले नै थाहा छ यसमा के छ । हामी योसँग पछि व्यवहार गर्नेछौं । मकहाँ तिम्रो ह्दय ल्याऊ । मकहाँ तिम्रो प्रेम ल्याऊ । मकहाँ तिम्रो अविभाजित मन ल्याऊ ।’ यसरी, प्रार्थना मुख्य रूपमा परमेश्वरबाट कुनै थोक प्राप्त गर्नेबारे होइनý यो त प्रभुसँग समय बिताउनेबारे हो ।

आत्मिक भोजनः उत्पत्ति ३५–३६ यूहन्ना १६:१९–३३ भजन २ उपदेशक ३:१–४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...